२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्र्तगत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् ।

पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख क्षेत्रको सडक समेत स्तरोउन्नती गर्न स्थानियले उमेदवार समक्ष माग गरे । स्थानियको सहकार्यमा पोखराको सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न आफुहरु कटिवद्ध भएको उमेदवारहरुले बताए ।

मुलुकमा राजनीतिक स्थायित्व विना आर्थिक विकास र समृद्धि नहुने उमेदवार बरालले बताए । संविधान रक्षाको लागि हाल पाँच दलीय गठबन्धन आवश्यक भएको हौचित्य जनता सामु प्रष्ट पार्दै उनले देशमा आर्थिक विकास र समृद्धिको लागि पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउन आवश्यक भएको उमेदवार बरालले जनाए ।

प्रदेश सभाका उमेदवार भण्डारीले प्रतिगमन र अग्रगमन बिरुद्धको निर्वाचन भएकोले गठबन्धनको जित आवश्यक भएको बताए । यसपालीको निर्वाचनमा अग्रगमनको जित भए देशमा संविधानको रक्षा सहित शान्ति र समृद्धि हुने उनको भनाई छ । उमेदवार बराल र भण्डारीले नेपाली काँग्रेसका लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यारोपण समेत गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काग्रेंसकी नेतृ शारदा पौडेल लगायतका नेता तथा कार्यकर्याको सहभागिता रहेको थियो । पोखरा २ र पोखरा ३ क्षेत्रमा बुधबार घरदैलो कार्यक्रम भएको थियो ।

यसैबिच, पाँच दलीय गठबन्धन पोखरा ३ को सम्पर्क कार्यालयको उमेदवार बरालले उद्घाटन गरेको नेपाली काँग्रेस वडा इकाई समिति ३ का उपसभापति मनोज शिल्पकारले बताए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…