3Shares

पोखरा सत्ता गठबन्धनका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर () प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रकाश बराल २४ बुँदे प्रतिबद्धतापत्र सहित चुनावी मैदानमा होमिएका छन्

आगामी मङ्सिर मा हुन लागेको निर्वाचनका लागि बरालको प्रतिबद्धता पत्रमा “समुन्नत नेपाल र सम्मानित नेपाली” स्थापनाको आधार पर्यटन, कृषि, दिगो पूर्वाधार सुशासनको विकास” रहेको छ ।

प्रतिबद्वता-पत्रमा “समृद्ध नेपाल, सम्मानित नेपाली हाम्रो अभियान केही छिटफुट अवस्था बाहेक हामीले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत राजनीतिक गन्तव्य हासिल गरेका छौं ठूलो बलिदानबाट प्राप्त यस व्यवस्थाको रक्षा गर्दै नागरिकको खुसी सुख हासिल गर्ने हाम्रो लक्ष्य हो यही लक्ष्यलाई हासिल गर्न सकेमात्र हामी सम्मानित नेपाली भएर रहन सक्दछौ भन्ने विश्वास लिएका छौ विकास समृद्धिका प्रचुर सम्भावना बोकेको गण्डकीप्रदेश हाम्रो क्षेत्रको सबै सम्भावनाहरुको खोजी गर्दै विशेष रूपमा पर्यटन, कृषि, दिगो पूर्वाधार विकास र सुशासनमार्फत आर्थिक समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न हामी दृढ भएर लाग्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको

लोकतन्त्रको सहज अभ्यासका रूपमा रहेको निर्वाचन हाम्रा लागि नयाँ नभए पनि हामी अहिले इतिहासको अत्यन्तै कठिन चुनौतीपूर्ण मोडमा उभिएका छौ स्वभाविक ढङ्गको आवधिक निर्वाचन भए तापनि ठूलो बलिदानबाट प्राप्त संविधानमाथि प्रहार गर्ने काम अझै कायम भने शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्षसम्म पनि शान्ति प्रकृयाले अझै पूर्णता नपाइसकेको अवस्थामा यी महत्वपूर्ण विषयहरूको सम्बोधन गर्दैसमृद्ध नेपाल निर्माणको महाअभियानमा यहाँहरुमाझ पाँच दलीय गठबन्धनका उम्मेदवारहरू प्रस्तुत भएका छौ यसका निम्ति माथि उल्लेखित प्रतिबद्धता हामी सम्बद्ध दलका केन्द्रीय प्रतिबद्धता इमान्दारीका साथ पालनागर्न हामी कति पनि विचलित हुने छैनौं पूर्व उल्लेखित प्रतिबद्धतामा मात्र सीमित नरही संविधान कानुनको परिपालना गर्दै नागरिकका सामु आइपर्ने कुनै पनि समस्याहरूसँग जुध्ने सामर्थ्य सहितको अभिभारा विगतको स्थानीय निर्वाचनमा झै यसपालि पनि हाम्रो संयुक्त अभियान पाँच दलीय गठबन्धनलाई सुम्पनु हुनेछ भन्ने आशा र विश्वास लिएका छौंप्रतिबद्धता पत्रमा उल्लेख

सत्ता गठबन्धनले आगामी निर्वाचनमा क्षेत्र नम्बर को प्रतिनिधि सभा सदस्यको लागि नेकपा माओवादीकातर्फबाट राम्जीप्रसाद बराल, प्रदेशसभा () मा पनि माओवादी कै तर्फबाट दुर्गादत्त भण्डारी   प्रदेशसभा () मानेपाली कांग्रेसका तर्फबाट प्रकाश बराललाई उम्मेदवार बनाएको

प्रतिबद्वता-पत्रको पूर्ण पाठ :

समुन्नत नेपाल सम्मानित नेपाली स्थापनाको आधार पर्यटन, कृषि, दिगो पूर्वाधार सुशासनको विकास

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

दशकौंको संघर्ष बलिदानसँगै आम जनताको मुक्ति लोकतन्त्रको स्थापना तथा पुनर्स्थापनाका थुप्रै आरोह अवरोहहरू पार गर्दै हामीले संघीय शासन प्रणालीको अभ्यास गरिरहेका छौं विगतको भन्दा फरक शैली व्यवस्थापनको संधीय व्यवस्था अन्तर्गत हामीलाई प्रतिनिधिसभा तथाप्रदेशसभाको गठन गर्ने आवधिक निर्वाचनको दोस्रो ऐतिहासिक अवसर प्राप्त भएको तदअनुरूप यहीं२००९ मङसिर गते हामी उक्त महापर्वमा सहभागी हुदैछौ यस अवसरमा समुन्नत नेपाल सम्मानित नेपालीस्थापनाको आधार : पर्यटन, कृषि, दिगो पूर्वाधार सुशासनको विकास भन्ने अभियान बोकेर यहाँहरूकोआशीर्वाद अमूल्य मतको अपेक्षासहित गठबन्धनको साझा उम्मेदवारको रूपमा यहाँहरु माझ उपस्थित भएकाछौ

सर्वप्रथमतः प्रजातन्त्रको स्थापना पुनर्स्थापना तथा लोकतन्त्रको स्थापना सुदृढीकरणका लागि आफनो प्राणउत्सर्ग गर्नुहुने अमर सहिद श्रद्धेय व्यक्तित्वहरुप्रति उच्च सम्मान आदर प्रकट गर्दै अग्रजहरूले पुयाउनुभएको योगदान प्रति आभार प्रकट गर्दछौं इतिहासका कठिन चुनौतीपूर्ण मोडहरुमा सतिसाल के अटल भईलोकतान्त्रिक आन्दोलनमा विचार नेतृत्व प्रदान गर्नुहुने अदम्य साहस अठोट बोकेका आदरणीयव्यक्तित्वहरूको योगदानप्रति अपनत्व ग्रहण गर्दै गर्वका साथ स्मरण गर्न चाहन्छौ निरन्तरको संघर्षपछिमुलुकले राजनीतिक लक्ष्य हासिल गरेको तर भोक, रोग, गरिबी, अशिक्षा, सामाजिक पछौटेपन, बेरोजगारीजस्ता समस्याहरूले हामीलाई फेरि चुनौती दिइरहेको लामो समयसम्मको संघर्ष राजनीतिक संक्रमणलेनागरिकका यी तमाम समस्याहरु सम्बोधन गर्न सकिएन संघीय संविधानको घोषणा त्यसपछि सम्पन्ननिर्वाचनपछि गठित सरकारले राजनीतिक स्थायित्वका साथ समृद्धिको सम्भावना बोकेको आम अपेक्षा थियो तर एकै कार्यकालमा एउटै नेतृत्वबाट दुई पटकसम्म भएको संसद विघटनको असफल प्रयासले थप अन्यौलसृजना गरिदियो यस कठिन परिवे रामा विकास समृद्धिको अधुरो यात्रालाई पूरा गर्ने प्रणसहित थप उत्साह अठोटका साथ निम्न प्रतिबद्धतासहित संयुक्त गठबन्धनका तर्फबाट हामी यहाँहरुमाझ प्रस्तुत भएका छौं

. नीति निर्माणमा हाम्रो जिम्मेवारी मुलुकको आवश्यकता नागरिकको चाहना अनुरूप कानुन निर्माण गर्नेसार्वभौम निकाय व्यवस्थापिका हो संविधानको अनुसूची , ले क्षेत्राधिकार प्रदान गरेका विषयमाविवेकपूर्ण ढंगले सहभागी भई आवश्यक कानुनको तर्जुमा गर्ने विषयमा हामी प्रतिबद्ध छौं। यस अघि नै निर्मितकानुनको आवश्यकता अनुसार पुनरावलोकन गर्नुका अतिरिक्त थप कानुन निर्माणमा जिम्मेवार ढंगले प्रस्तुतहुँदै कानुनको शासन स्थापनामा निरन्तर लाग्ने विश्वास दिलाउन चाहन्छौं

. गठबन्धनको निर्माण निरन्तरताको आवश्यकता हामी अहिले पाँच दलीय गठबन्धनका साथ यहाँहरु समक्षप्रस्तुत भएका छौं कतिपय कोण क्षेत्रबाट गठबन्धनको निर्माणप्रति संशय व्यक्त गरिएको भए तापनिमुलुकको स्थायित्व संविधानको रक्षाका लागि गठबन्धन निर्माण मुलुकको आवश्यकता भएको तथ्य यहाँहरूमाझ राख्न चाहन्छौं मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेकोसरकारले राजनीतिक स्थायित्व दिन असमर्थ रहेको कुरा हामी सबै माझ स्पष्ट एकै कार्यकालमा भारीबहुमत प्राप्त प्रधानमन्त्रीबाट दुईदुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभा भङ्गको असफल प्रयासदेश जनताको हित विरुद्ध मात्र रहेन आम नागरिकको मतको समेत अपमान गरेको मुलुकको संविधान देशको शासन व्यवस्था माथि धावा बोल्दै चालिएको यस किसिमको कदमले हामी माथि राष्ट्रिय हित संरक्षणगर्ने युगीन दायित्व आइपुग्यो यही दायित्वको बहन गर्ने सामर्थ्य ऐतिहासिक संघर्षका सारथिहरूले राख्दैआएका छौं यसैको परिणाम गठबन्धन यसको निरन्तरता हो जबजब देश चुनौती संकटको अवस्थाबाटगुजन्छ, निरंकुश हठी शासकहरू सतासीन हुन पुग्दछन् अनि शासन प्रणाली गैरलोकतान्त्रिक चरित्रमा पुग्दछतबतब संयुक्त आन्दोलनका माध्यमद्वारा त्यस्ता चरित्र प्रवृतिलाई परास्त पारेको हाम्रो इतिहास २००७सालको क्रान्ति, २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापना, २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन केवलगठबन्धन संयुक्त प्रयासबाट मात्र सम्भव भएको हाम्रो इतिहास

. समृद्ध नेपाल, सम्मानित नेपाली हाम्रो अभियान केही छिटफुट अवस्था बाहेक हामीले संघीय लोकतान्त्रिकगणतन्त्रमार्फत राजनीतिक गन्तव्य हासिल गरेका छौं ठूलो बलिदानबाट प्राप्त यस व्यवस्थाको रक्षा गर्दैनागरिकको खुसी सुख हासिल गर्ने हाम्रो लक्ष्य हो यही लक्ष्यलाई हासिल गर्न सकेमात्र हामी सम्मानितनेपाली भएर रहन सक्दछौ भन्ने विश्वास लिएका छौ विकास समृद्धिका प्रचुर सम्भावना बोकेका गण्डकीप्रदेश हाम्रो क्षेत्रको सबै सम्भावनाहरुको खोजी गर्दै विशेष रूपमा पर्यटन, कृषि, दिगो पूर्वाधार विकास सुशासनमार्फत आर्थिक समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न हामी दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नचाहन्छौ

.दिगो संरचना निर्माणमा जोड दिगो संरचनाको निर्माणबाट मात्रै विकास सम्भव विद्युत, सडक, यातायात, शिक्षा, सञ्चार, खानेपानी, उद्योग, प्रविधि लगायतका क्षेत्रमा दीर्घकालीन अल्पकालीन योजनासहित कार्यअगाडि बढाउन हामी प्रतिबद्ध छौं विषम् भूभाग, हावापानी, कमजोर प्रविधि आदि कारणले संरचनाकोदीर्घकालीन उपयोगमा देखिष्टका समस्यालाई निराकरण पारी उचित प्रविधि, सिप दक्षता प्रयोग गरीगुणस्तरीय संरचना निर्माण गर्नमा हामी सशक्त ढंगले लागी पर्नेछौ

मूलतः सडक यातायात हाम्रो विकास आर्थिक गतिवधिको जीवन रेखा नै हो यस प्रदेशमा हालसम्म भएकासडक संघीय, प्रदेश एवम् स्थानीय स्तरबाट सञ्चालित आयोजनाबिच समन्वय गरी समग्र सडक पूर्वाधारकोविकासमा यथेष्ठ ध्यान दिइने हाल सञ्चालनमा रहेका सडकको स्तरोन्नति आवश्यकताअनुरूपका अन्यक्षेत्रमा सडक विस्तारको काममा तिव्रता दिइने जसअनुसार यस क्षेत्रको छोरेपाटन स्तुपा तारेभिर कुभिण्डेमोटरबाटो कालोपत्रे, छोरेपाटनखाल्सेकुभिण्डे सडक कालोपत्रे, फलेटे पुम्दीकोट ग्रामीण सडकको स्तरोन्नतिपाने बाग्दी रैकर घडेरी हुँदै असौलचौर जाने मोटरबाटोको स्तरोन्नति, बैदाम पाने घाँटीछिना हुँदै पञ्चासेसम्मकोबाटो कालोपत्रेका लागि पहल, पोखरा रिडी लोकमार्गको कालोपत्रे, ढिकुरपोखरी कास्कीकोट थामको गहा हुँदैसराङ्कोटसम्मको निर्माणाधीन फुटट्याकलाई कनेक्टिङ रोडको रूपमा विकास गरी स्तरोन्नति गरिने लुम्लेलान्दूक सडकको स्तरोन्नति नयाँपुल बिरेठाँटी तीखे हुँदै घोरेपानी जाने मुक्तिमार्ग रेखाकित अन्नपूर्ण रिङरोडकोडि. पी. आर तयार गरी काम अगाडि बढाउने सवालमा यथाशीघ्र पहल गरिने यसका अतिरिक्त हालसञ्चालनमा रहेका ग्रामीण सडकको स्तरोन्नति गर्ने, ट्रयाक खोलिएका मार्ग विस्तार गर्ने तथा आवश्यक ठाउँ क्षेत्रमा नयाँ सडक खोल्नका लागि विशेष पहल गरिने यी सबै विकास निर्माणका सवालमासरोकारवालाहरूसँग निरन्तर संवाद गरी निर्णय लिइने प्रतिबद्धता समेत जाहेर गर्दछौं

. पर्यटन : यस क्षेत्रको समृद्धिको प्रमुख आधार नै पर्यटन हो भन्ने विषयमा हामी स्पष्ट छौं नेपालको मात्रनभई विश्वकै आकर्षक गन्तव्यको रूपमा रहेको फेवाताल जलाधार अन्तर्गत पर्ने यो क्षेत्रले पर्यटन विकासकोप्रशस्त सम्भावना बोकेको लेकसाइड, पुम्दीकोट, कास्कीकोट, पञ्चासे, घान्द्रुक, छोमोड, लान्द्रुक, उल्लेरी, अन्नपूर्ण बेसक्याम्प, ढिकुरपोखरी, थाप्ले, टाइगर हिले, कास्कीकोट दरबार लगायतका पर्यटकीय स्थलहरूकोप्रवर्द्धन गरिने विश्वशान्ति स्तुपा, विशाल महादेव मन्दिर, गुप्तकालिका मन्दिर, गुमे स्थान, सिद्धबराहमाहनुमान मूर्ती स्थापना, कान्छी बराह लगायतका क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न विशेष पहलगरिने अनदुदेखि भदौरे सम्मको पदमार्गलाई CANOPY TRACK को रुपमा विकास गरिने पर्यटककोरोजाइमा पर्ने अन्नपूर्ण शितल गुफा, मणिको थान, भूमेस्थान जोड्ने पर्यटकीय पदमार्गसहितको पार्क निर्माणगर्न पहल गरिने नयाँपुल हुँदै .बी.सी. सम्मको पदमार्गका अलवा छोरेपाटन रानीवनदेखि थाप्ले हिल हुँदैपञ्चासेसम्मको पर्यटकीय पदमार्ग खोल्न पहल गरिने पाने कास्कीकोट दरबारसम्मको पदमार्ग खोल्न हाम्रोपहल रहने पर्यटनका लागि थप नयाँ गन्तव्यको खोजी गरी प्रबर्द्धन गरिने बिरेठाटी मुक्तिनाथकेवलकारको कार्यलाई यथाशिघ्र प्रारम्भ गरिने

. सुशासन : शासन व्यवस्थालाई जनमैत्री, जनउत्तरदायी, भ्रष्टाचारमुक्त, पारदर्शी, मितव्ययी छरितो बनाउनहामी प्रतिबद्ध छौं। सरकारी सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै जनताले सहजताका साथ सेवा प्राप्त गर्नेवातावरण तयार गरिने प्रदेश मातहतका सबै कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र जारी गरीसवारीचालक अनुमति पत्र नवीकरण, घरजग्गा बहाल कर तथा अन्य शुल्क भुक्तानीमा अनलाइनमार्फत सेवाप्रवाह हुने व्यवस्था मिलाइने सम्बन्धित कार्यालयको सेवा प्रवाहबारे नियमित अनुगमन गर्न प्रभावकारीसंयन्त्र निर्माण गरी कार्यान्वयनमा ल्याइने

. कृषि पशुपालन अधिकांश नेपाली जनताको जीविकोपार्जनको मुख्य स्रोतको रूपमा रहेको कृषि पशुपालनलाई सम्मानित प्रतिफलयुक्त पेसाका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं आवश्यक मल बिउकोसमयमै उपलब्धता, सहुलियतयुक्त कृषि ऋण, कृषिउपज बजार, कृषि उपजको न्यूनतम मूल्य निर्धारण, कृषिएम्बुलेन्सको व्यवस्थाजस्ता विषयमा तत्कालै कार्य सुरु गरिने कृषिको आधुनिकीकरण व्यवसायीकरणकालागि आवश्यक नीतिहरू पूर्ण गृहकार्यका साथ सभाको पहिलो बैठकमा नै प्रस्तुत गरी पारित गर्न पहल गरिने प्रदेशको पहिचान दिने रैथाने बालीको संरक्षण गर्नुका अतिरिक्त कृषि मेलाको आयोजना गरी प्रबर्द्धनमा जोडदिइने घान्द्रुक, छोम्रोङ क्षेत्रमा भेडा च्याङ्ग्रा पालन जडिबुटी प्रवर्द्धन गर्न तत्काल पहल थालिने लुम्लेकृषि केन्द्रलाई थप अनुसन्धानमुखी बनाई कृषि अध्ययन केन्द्रका रूपमा विकास गरिने किसान उपभोक्ताबिच रहेको बिचौलिया प्रथा अन्त्य गरी किसानलाई सिधै उपभोक्तासँग जोड्ने प्रयास गरिने साथैबेमौसमी तरकारी तथा फलफूलको उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याइने

. फेवाताल संरक्षण माथि नै उल्लेख भएबमोजिम यस क्षेत्रको जलाधारको रुपमा रहेको फेवाताललाईसंरक्षण गर्न विशेष पहल गरिने जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरूप वृक्षरोपण गर्ने सामुदायिकवनको व्यवस्थापन, जलकुम्भी कार लगायत अन्य फोहोरको नियमित सरसफाइ अतिक्रमण नियन्त्रण तथाआसपासका कोमागाने पार्क, बसुन्धरा पार्क, हिमा गृह आदिको संरक्षण प्रबर्द्धनमा विशेष ध्यान दिइने ताल प्राधिकरणलाई आधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गरिने वर्षेनी थुप्रिने माटोलाई नियमितरूपमा भिक्ने व्यवस्था गरिने तालको चौघेरा कायम गरि आवश्यक ब्यूटिफिकेशन गरिने

.नदी तथा ढल नियन्त्रण: यस क्षेत्रको सहरी इलाकामा रहेको ढलको समस्या समाधान गर्न यथाशीघ्र पहलगरिने पोखरा यो समस्याबाट बढी प्रभावित देखिन्छ लभ्लीडाँडाबाट रातामाटा जिरो किलोमिटर हुँदैआएको बाढीलाई फिर्के खोलामा निकास दिने गरी व्यवस्थापन गरिने भने ठूलीपोखरी / खुंडेपोखरीबाटनिस्कने बाढीलाई बुलौदी खोलामा निकास दिएर व्यवस्थापन गरिने यसैगरी पोखरा मा रहेको सेतीनहरको खुला भागमा जाली / स्ल्याप राख्ने व्यवस्था मिलाई नहरमा हुने प्रदूषण सम्भावित दुर्घटनालाई रोक्न फेवामार्ग तलको करिब १७५ मि. खुल्ला ढलको व्यवस्थापन तत्काल मिलाइने फेवाताल जलाधार क्षेत्रमारहेका हर्पन खोला अँधेरीखोलाबाट आउने बाढीलाई नियन्त्रण गर्न सिल्टेशन इयाम निर्माणमा पहल गरिने साथै खोलाका वरपरका बस्ती खेतीयोग्य जमिनको संरक्षण अलवा यस क्षेत्रका अन्य स्थानीय खोलामाआउने बाढी आकस्मिक जोखिम नियन्त्रण गर्न पहल गरिनेछ हर्पन खोला घर पहिचान गरि साइकल ल्याण्ड फुटपाथ निर्माण गरेर पर्यटन आकर्षित गर्न पहल गरिने १०. होमस्टेको प्रवर्द्धन पर्यटन प्रवर्द्धन लगायतस्थानीय जनताको रोजगारीमा बृद्धि गर्ने उद्देश्य अनुरूप होमस्टेलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइने हालविभिन्न वडा पालिकाहरुमा सञ्चालित होमस्टेको तथ्याङ्क संकलन गरी पालिकास्तरीय होमस्टे स्थानीयवस्तु सेवाको प्रवाहमा प्राथमिकता दिने, होमस्टे सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तथा आन्तरिक तथा बाह्यसेवाग्राहीलाई होमस्टेबारे जानकारी गराउन सूचना केन्द्रको स्थापना गर्न पहल गरिने

११. भूउपयोग नीति भूउपयोग सम्बन्धी राष्ट्रिय नीतिअनुरूप प्रदेश स्तरका जग्गाको उपयोग गर्ने नीति अवलम्बनगरिने सार्वजनिक सरकारी जग्गा अतिक्रमण रोक्न यस्ता स्थानमा उपयुक्त खालका वृक्षरोपण सार्वजनिक पार्क खेल मैदान निर्माण गर्ने नीति अवलम्बन गरिने कृषियोग्य जग्गाको पहिचान गरीअन्नबाली, फलफूल, तरकारी तथा घाँसे मैदानको रुपमा उपयोग गर्न प्रोत्साहन गरिने जग्गाकोचक्लाबन्दीका लागि आवश्यक नीति अवलम्बन गरिने साथै भूमिहीन नागरिकको उपयुक्त बासस्थानकालागि उपयुक्त स्थान पहिचान गरी नमुना एकीकृत बस्ती निर्माणको पहल गरिने छ। हालको पोखरा विमानस्थलस्थानान्तरण भई जाँदाका बखत उक्त जग्गालाई अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउन उपयोग गरिने

१२. संस्कृति संरक्षण हाम्रो अभियान पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण, विकास प्रवर्द्धनमा विशेषजोड दिइने विभिन्न जातजातिका भेषभूषा, भाषा, लिपिको संरक्षणका अलवा जातिविशेषका बाजा, चाडपर्व, मेला एवम् संस्कृतिको प्रवर्द्धन गरिने लेकसाइडको हिमागृह रत्न मन्दिर, पुम्दीकोट, कास्कीकोटदरबार, गुप्तकालिका मन्दिर, तालबाराही मन्दिर, शिद्धबराह मन्दिर, शितल गुफा लगायत अन्य मठमन्दिरकोसंरक्षण प्रवर्द्धनमा जोड दिइने कास्कीकोट पुम्दीकोटमा प्राकृतिक ध्यान प्रशिक्षण केन्द्र स्थापना गरीयोग शिक्षाको प्रवर्द्धनमा पहल गरिने

१३. वन तथा वातावरण प्रदेशमा वनक्षेत्रको विकास प्रवर्द्धनको स्पष्ट नीति बनाई वातावरण सन्तुलन, जीविकोपार्जन तथा आर्थिक क्रियाकलापमा जोड दिइने पञ्चासे एक्याप क्षेत्र लगायतका संरक्षितवनलाई पर्यटनसँग जोड्दै आयआर्जनमा जोडिने लेकसाइडदेखि पचासे रविरेठाँटीदेखि .वी. सी. सम्मग्रिन वेल्ट निर्माण गर्ने, पञ्चासे क्षेत्रलाई खुल्ला चिडियाखाना (Open Zoo ) को रूपमा विकास गर्न पहल गर्ने, परम्परागत औषधिजन्य वनस्पतिलाई संरक्षण, उपयोग प्रवर्द्धन गर्ने, पोखरा लगायत यस क्षेत्रका धारा, कुवा, पोखरी, चौतारी, धार्मिक एवम् ऐतिहासिक महत्वका वनस्पति संरक्षणमा पहल जारी राखिने

१४. ज्येष्ठ नागरिक, एकल महिला, दलित लगायत पछाडि परेका समुदायको संरक्षण : ज्येष्ठ नागरिक, एकल महिला, दलित एवम् पछाडि परेका व्यक्ति समुदायका लागि सम्मानपूर्वक जीउन पाउनेअधिकारको सृजना गर्न हरसम्भव प्रयत्न गरिने सन्तानसँग ज्येष्ठ नागरिक, अपाङ्गलाई माया होइनअवसर दियजस्ता भावनालाई सम्मान गर्न हामी प्रतिबद्ध छौ यस क्षेत्रअन्तर्गत प्रत्येक वडामा ज्येष्ठ नागरिकमिलन केन्द्रको स्थापना सञ्चालनका अतिरिक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथापिछडिएको समुदायकालागि रोजगारीको सृजना गरी सम्मानपूर्वक जीवनयापन गर्ने अवसरका लागि पहलगरिने छ। परिवेश, सामर्थ्य रुचिको पहिचान गरी फरक क्षमता भएका नागरिकलाई आयआर्जनको अवसरजुटाउन हरसम्भव प्रयत्न गरिने

१५. खानेपानी तथा सरसफाइ : नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने दायित्व राज्यको हो भन्ने विषयमा हामी सचेत छौ आधारभूत खानेपानीको अभाव भएको स्थानमा सोको पूर्तिका लागि यशाशीघ्र पहल गरिने आगामी पाँच वर्षभित्रमा सबै उपभोकामा गुणस्तरीय खानेपानीसुविधा उपलब्ध गराइने पानीको प्रशस्त स्रोत भए तापनि व्यवस्थापनको कमजोरीका कारण खानेपानीको समस्या रहेको सन्दर्भमा धम्पुसरैचेढिकुरपोखरीकास्कीकोटसराङ्कोट बृहत् खानेपानी आयोजनालाईविशेष प्राथमिकतामा राखी यथाशक्य छिटो सम्पन्न गर्न पहल गरिने पानीका मुहानहरूको संरक्षण गर्दैसमग्र क्षेत्रमाएक घर एक धाराको अभियानलाई आगामी पाँच वर्षभित्र सम्पन्न गरिने पर्यटक बटुवाकालागि सार्वजनिक स्थानहरूमा पिउने पानीको व्यवस्था गरिने घरबस्तीबाट निस्कने फोहोरकोव्यवस्थापनका लागि कार्ययोजना तयार गरिने विभिन्न पालिका वडाबिच समन्वय गरी साझासवालहरुमा एकीकृतरूपमा काम गर्ने वातावरण मिलाइने प्रत्येक घरमा पक्की शौचालय निर्माणलाईअनिवार्य गरिने

१६. युवा तथा खेलकुद युवा नै परिवर्तनको वाहक हो भन्ने भनाइलाई सार्थक बनाउन राष्ट्र निर्माणमायुवाशक्तिको भरपुर उपयोग गर्ने नीति अवलम्बन गरिने उनीहरूमा राष्ट्रभक्ति, सृजना स्वयम्सेवी भावनाजागृत गराई रुचि, क्षमता सम्भावनाका आधारमा उद्यमी बन्न प्रोत्साहित गरिने नवप्रवर्तनमा युवानामककार्यक्रम सञ्चालन गरी स्वदेशी एवम् वैदेशिक रोजगारीका लागि आवश्यक सिप प्रदान गर्ने व्यवस्था मिलाइने विभिन्न क्षेत्रमा गठित युवा क्लबहरूलाई परिचालन गर्ने नीति लिइने कृषि, पर्यटन लगायतका क्षेत्रमायुवालाई एकीकृत गर्ने विभिन्न कार्यक्रमहरु ल्याइने अनुशासन व्यक्तित्व विकासका लागि खेलकुद भन्नेनाराका साथ क्षेत्रका प्रत्येक वडामा कम्तिमा एक खेलमैदान निर्माण गरी युवा खेलाडी उत्पादन गर्ने नीति लिइने माछापुच्छे स्टेडियमलाई स्तरोन्नति गरि चलनमा ल्याइने उपयुक्त स्थलमा प्याराग्लाइडिङ, बजीजम्पिङजस्ता साहसिक खेलको प्रवर्द्धन गरी युवाको संलग्नतालाई प्रोत्साहन गरिने खेलका क्षेत्रमा संलग्नभई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका खेलाडीको जीविकोपार्जनको ग्यारेण्टी गरिने

१७. गुणरस्तरीय शिक्षा शिक्षामार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यानकेन्द्रित हुनेछ हाल सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरउन्नति, रोजगारमूलक एवम्प्राविधिक शिक्षामा जोड, समुदायस्तरबाट एक पर्यटन कलेजको स्थापनामा जोड दिइने शिक्षामा सबैकोपहुँच बनाउन सरोकारवालाहरू समेतको परामर्शमा आवश्यक नीति तय गरी तत्काल कार्यान्वयनमा ल्याइने स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय पहिचान कल्कने गरी पठनपाठन गर्ने व्यवस्था मिलाइने पृथ्वीनारायण क्याम्पसलाई यस क्षेत्रको शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार साधन स्रोतसम्पन्न बनाई सर्वसाधारणलाई गुणस्तरीय उच्च शिक्षाको अवसर प्रदान गर्न सार्थक पहल गरिने १८. स्वास्थ्य : स्वस्थ नागरिक समृद्ध प्रदेश भन्ने उक्तिलाई व्यवहारमा उतार्न यथाशक्य पहल गरिने स्वास्थ्यबिमा कार्यक्रमलाई अनिवार्य बनाई तोकिएका ठाउँबाट सहजरूपमा स्वास्थ्य सेवा लिने वातावरण तयार गरिने क्षेत्रभित्रका प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी कम्तिमा एक जना मेडिकल अफिसरबाट सेवाप्रदान गर्ने पहल गरिने मौजूदा स्वास्थ्य संस्थाहरूबाट नियमित स्वास्थ्य सेवा प्रवाहका लागि औषधि, प्राविधिक अन्य व्यवस्थाहरू उपलब्ध गराइने कम्तिमा अर्धवार्षिक रूपमा प्रत्येक वडामाविशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइने अपाङ्ग अति विपन्न, अशक्तपक्षका लागि निशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाइने अन्नपूर्ण गाउपालिकामा निर्माणाधीन १५शैयाको अस्पताललाई यथाशक्य छिटो सम्पन्न गरी सेवा प्रवाहको व्यवस्था मिलाइने प्रत्येक माध्यमिकविद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्थाका लागि पहल गरिने

१८. सहकारी वित्त संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थ नीतिलाई आधारभूत स्तरसम्म लैजानआवश्यक नीतिहरु तय गरिने सहकारीलाई उत्पादनसँग जोड्दै यसको विश्वसनीयता कायम राख्न थपनीतिहरू निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइने

२०. सुकुम्बासी समस्याको सम्बोधन सुकुम्बासीसम्बन्धी राष्ट्रिय नीतिको आधारमा समस्याको समाधानार्थतत्काल थप पहल गरिने वास्तविक सुकुम्बासीको पहिचान गरी एकीकृत बस्ती बसाली समस्याको स्थायीसमाधानका लागि यथोचित पहल गरिने मूलत: जग्गाधनी प्रमाणपूर्जाविहीन अव्यवस्थित बसोबासकोसमस्यालाई सम्बोधन गर्न विशेष ध्यान दिइने

२१. उर्जा हाम्रो प्रदेश उज्यालो प्रदेश भन्ने नारालाई आत्मसात गर्दै उपलब्ध ऊर्जाको स्रोतको अधिकतमउपयोगको साथ थप ऊर्जा उत्पादनमा आवश्यक नीति तय गरिने बजार क्षेत्र भएर पनि बिजुली नपुगेकोपोखरा का नयाँ बस्ती लगायत यस क्षेत्रका विद्युतविहीन स्थान बस्तीहरुमा तत्काल बिजुलीको प्रबन्धगरिने लत्रे झुण्डिएका तारको व्यवस्थापनका अलवा जीर्ण विद्युत पोल विस्थापन गरी नयाँ राख्न पहलगरिने हरेक कुना बस्तीमा उद्योग सञ्चालन गर्ने क्षमताको थ्री फेस लाइन विद्युत जडान गर्न पहल गरिने

२२. दैवी प्रकोप विपत् व्यवस्थापन : भूगोल हावापानीको हिसावले जोखिमपूर्ण रहेको यस क्षेत्रमावातावरणीय विशिष्टता अनुरूपका विकास योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने देवी प्रकोपविपत्बारे पूर्व सूचना संयन्त्रको विकास गरी क्षति न्यूनीकरणमा पहल गरिने विभिन्न स्रोतबाट रकम जम्माहुने गरी प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा स्थानीय दैवी प्रकोप उद्धार कोषको स्थापना गर्न पहल गरिने

२३. महिला तथा बालबालिका : राष्ट्रिय विकासमा महिलाको उपस्थिति सहभागितालाई अर्थपूर्ण बनाउनपहल गरिने मौजूदा संवैधानिक एवम् कानुनी व्यवस्थाको कार्यान्वयनमा जोड दिइने महिलाको क्षमताअभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू ल्याइने भने महिला अधिकारबारे जनचेतना अभियानकाकार्यक्रमहरु तय गरिने महिला विरुद्ध हुने सबै प्रकारका हिंसाप्रति शून्य सहनशिलताको नीति अख्तियारीगरिने राज्यका कर्णाधारको रूपमा रहेका हरेक बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा सुरक्षाजस्ताविषयमा विशेष ध्यान दिइने ठाउँठाउँमा बाल उद्यानको स्थापनाका साथै बालमैत्री संरचनाको निर्माणमाव्यान दिइने

२४. संघ संस्थाहरूको परिचालन : यस क्षेत्रमा क्रियाशील विभिन्न सरकारी, गैरसरकारी, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संघसंस्थाका अलवा नागरिक समाजलाई उनीहरूको प्रकृति उद्देश्य बमोजिमक्षेत्रको विकासमा क्रियाशील बनाउने नीति अङ्गीकार गरिने बस्तीबस्तीका आमा समूह, युवा क्लब, टोलविकास संस्था, उपभोक्ता समूहबिच समन्वय गर्ने संयन्त्र गरी उनीहरुलाई राष्ट्रिय विकासमा संलग्न गराउने नीतिअख्तियार गरिने

आदरणीय सभ्य जिम्मेवार मतदाता ज्यूहरु,

लोकतन्त्रको सहज अभ्यासका रूपमा रहेको निर्वाचन हाम्रा लागि नयाँ नभए पनि हामी अहिले इतिहासकोअत्यन्तै कठिन चुनौतीपूर्ण मोडमा उभिएका छौ स्वभाविक ढङ्गको आवधिक निर्वाचन भए तापनि ठूलोबलिदानबाट प्राप्त संविधानमाथि प्रहार गर्ने काम अझै कायम भने शान्ति सम्झौतामा हस्ताक्षर भएको १६वर्षसम्म पनि शान्ति प्रकृयाले अझै पूर्णता नपाइसकेको अवस्थामा यी महत्वपूर्ण विषयहरूको सम्बोधन गर्दैसमृद्ध नेपाल निर्माणको महाअभियानमा यहाँहरुमाझ पाँच दलीय गठबन्धनका उम्मेदवारहरू प्रस्तुत भएका छौ यसका निम्ति माथि उल्लेखित प्रतिबद्धता हामी सम्बद्ध दलका केन्द्रीय प्रतिबद्धता इमान्दारीका साथ पालनागर्न हामी कति पनि विचलित हुने छैनौं पूर्व उल्लेखित प्रतिबद्धतामा मात्र सीमित नरही। संविधान कानुनकोपरिपालना गर्दै नागरिकका सामु आइपर्ने कुनै पनि समस्याहरूसँग जुध्ने सामर्थ्य सहितको अभिभारा विगतकोस्थानीय निर्वाचनमा यसपालि पनि हाम्रो संयुक्त अभियान पाँच दलीय गठबन्धनलाई सुम्पनु हुनेछ भन्नेआशा विश्वास लिएका छौं

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected