
पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले राजनीतिक स्थायित्वले मात्र देशको अर्थतन्त्र बलियो हुने भएकाले मुलुक समृद्धिको बाटोमा नपुगेसम्म पाँच दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय पर्यटन समन्वय तथा चुनाव प्रचार प्रसार समिति कास्कीद्धारा आयोजित प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारबीच भेटघाट तथा शुभकामना कार्यक्रमका बोल्दै बरालले उक्त कुरा बताउनु भएको हो । बरालले पर्यटकीय रुपमा कास्की अत्यन्तै अगाडि छ, यहाँको मेरुदण्ड नै पर्यटन हो, पर्यटनसँगै समृद्धि जोडेर अगाडिबढ्नु पर्नमा जोड़ दिनु भयो ।
कास्की निर्वाचन क्षेत्र नं ३ (१) तर्फ प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले पर्यटकीय तथा प्राकृतिकरुपमा गण्डकी प्रदेश सम्भावनै सम्भावना भएको प्रदेश भएकाले पोखरालाई पर्यटकीय हवको रुपमा विकासगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कास्की निर्वाचन क्षेत्र नं २ (१) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार विश्वप्रकाश लामिछानेले फेवा, वेगनासलगायत पोखराका तालहरु विश्व रामसार सूचीमा परेकाले तालहरुको संरक्षणमा हामी सबैको ध्यान जानजरुरी भएकबो बताउनुभयो । यहाँका तालबाट आयआर्जन गर्न सकिने भएकाले फेवाताल वरपर फूट ट्याकबनायौ भने पर्यटकको बसाँइ एक दिन लम्ब्याउन सकिने उहाँको भनाई रहेको थियो ।
गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार सरस्वती गुरुङले कास्कीको विकासमा सबै पाँच दलहरुको ध्यान जान जरुरी भएको बताउनुभयो ।
कास्की ३ (२) काँग्रेसका प्रचार संयोजक राजबहादुर गुरुङले कास्कीको समग्र विकासका लागि यहाँबाट जितेर जाने उम्मेदवारलेआवाज उठाउनु पर्नेमा जोड दिँदै मंसिर ४ हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्नआग्रह गर्नुभयो ।
कास्की ३ (२) माओबादी केन्द्रका प्रचार संयोजक त्रिभूवन पौडेलले पर्यटकीय क्षेत्र लेकसाइडलाई थप व्यवस्थित र यहाँकापर्यटक व्यवसायीका मागलाई पाँच दलीय पार्टीका नेताले सम्बोधन गर्ने बताउनुभयो ।
पर्यटक व्यवसायी टीकाराम सापकोटाले कोरोनाका कारण तीन वर्षदेखि थला परेको पर्यटन क्षेत्रलाई उकास्न राज्यले राहतका कार्यक्रम ल्याउन जरुरी भएको बताउनुभयो । पछिल्लो समय बैंकहरुले अप्रत्यासित रूपमा ब्याजदर वृद्धि गर्दा पर्यटन व्यवसायी मारमा परेको सापकोटाले बताउनुभयो ।
नेपाली काँग्रेस केन्द्रीय पर्यटन समन्वय तथा चुनाव प्रचार प्रसार समिति सदस्य पर्यटन व्यवसायी तथा काँग्रेसनेता गणेशबहादुर भट्टराईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन व्यवसायी सोम थापा, संजयकान्त सिग्देल, कमला गिरी लगायतले पर्यटन क्षेत्रले भोग्नु परेका समस्याका बारेमा अबगत गराउनुभएको थियो ।







सम्बन्धित खवर
















