
पोखरा । राजनीतिक स्थायित्वसँगै अर्थतन्त्रलाई चलायमान बनाउन पाँच दलीय गठबन्धनमाआवद्ध पार्टीहरुले जनतामाझ आफ्ना प्रतिवद्धता व्यक्त गर्नुपर्ने विहीबार पोखरामा आयोजित एक कार्यक्रममाजोड दिइएको छ ।
नेपाली काँग्रेस केन्द्रीय पर्यटन समन्वय तथा चुनाव प्रचार प्रसार समिति कास्कीद्धारा आयोजित प्रतिनिधि तथाप्रदेश सभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारबीच भेटघाट तथा शुभकामना कार्यक्रमका बोल्दैनेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा काँग्रेस नेता आनन्दराज मुल्मीले देशको अर्थतन्त्र अत्यन्तैनाजुक अवस्थामा पुगेकाले यसलाई चलायमान बनाउन पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीले जनतामाझआफ्ना प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।
पाँच वर्ष यता नेपाल आर्थिक रुपमा निकै कमजोर भएको छ, मूल्य वृद्धिले नेपाली नागरिकले दैनिक जीवनचलाउन सकेका छ्रैनन्, उत्पादन घटेको छ, उद्योगहरु धाराशाही बनेका छन् नेता मुल्मीले भन्नुभयो–वित्त नीतिठिक नभएकै कारण व्यवसायी चर्को ब्याजको मारमा परेका छन् ।
विश्व परिवेशलाई हेर्दा एक्लो व्यक्तिको निणर्यले त्यस देशका नागरिकले निकै दुःख कष्ट भोग्नु परेको छ, एमाले अध्यक्ष केपी वलीका अघिल्ला क्रियाकलापले पनि उहाँका तानाशाही प्रवृति देखाउछ, त्यसैले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी छ ,मुल्मीले भन्नुभयो ।
राष्ट्र बैंकमा राजनीतिकरण सुरु भएको छ, वित्तीय संस्थाको चर्को व्याजदरका कारण उद्योगी व्यवसायीमानसिक तनाबमा परेका छन्, वित्तीय संस्थाले उद्योगी व्यवसायीका घरजग्गा लिलामीमा राखेर त्रास फैलाएकाछन् मुल्मीले भन्नुभयो– वित्तीय संस्थालाई नियमन गर्ने निकाय सक्रिय हुन समेत उहाँले आग्रह गर्नुभयो ।







सम्बन्धित खवर
















