12Shares

पोखरा पोखरा२५ हेम्जास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एनआरएन जापानले अक्षयकोष स्थापना गरेको संस्थाले बिहीबार लाख २० हजारको अक्षयकोष स्थापना गरेको हो

एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका विच क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेल तथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरेका हुन् विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति वितरण गर्नेगरी अक्षयकोष स्थापना गरिएको एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै सहयोग रकमको सदुपयोग हुने विश्वास लिए उनले क्याम्पसमा शौचालय निर्माणका लागि वडाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए

एनआरएन जापानका अध्यक्ष पौडेलले संस्थाले मातृभूमिमा केही गर्नुपर्दछ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको स्पष्ट पारे उनले कोषमा ३० हजार थप गरी लाख ५० हजार पुयाउने प्रतिबद्धता व्यक्त गर्दै आगामीदिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने जनाए क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले कोष स्थापनाप्रति आभार प्रकट गर्दै सहयोग आफैमा महत्वपूर्ण हुने उल्लेख गरे क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सबैको सद्भावबाट क्याम्पस सञ्चालन भइरहेको उल्लेख गर्दै क्याम्पस कास्की निर्वाचन क्षेत्र नं. कै अग्रणी संस्था भएको जनाए

यसैबीच नेलम्बो नेपालले सेनिटरी प्याड पनि हस्तान्तरण गरेको त्यस अवसरमा नेलम्बोका फन्डिङ एण्ड पार्टनरसिप कोअर्डिनेटर डा. किसन कोइरालाले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण अनुसन्धानको क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको बताए

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहायक प्राध्यापक श्रीभद्र पौडेलले सञ्चालन गरेका थिए

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected