
पोखरा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पोखरामा आयोजना गरिएको गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । निर्वाचनका लागि सुरक्षा परिचालन गर्दा देखिएका चुनौति, जिल्ला स्तरमा तयार पारिएका सुरक्षा योजनाका बारेमा छलफल गर्न सुरक्षा गाष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा भयरहित रुपमा निर्वाचन सम्पन्न गराउने दायित्व आफुहरुको रहेको बताउनु भएको छ ।
उहाँले आम नागरिकलाई भयरहित स्वतन्त्र तरिकाले मतदान गराउने व्यवस्था प्रदेश सरकारको रहेको बताउँदै जनताको मौलिक अधिकार कसैले खोस्न नहुने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ, मुस्ताङ र तराईको नवलपुर बाहेकका जिल्लाको समस्या एकै रहेको पनि सुनाउनु भयो ।
कार्यक्रममा प्रदेशका गृहमन्त्री डोबाटे विश्वकर्माले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिनु भएको थियो ।
गृह सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलकामहानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पश्चिमपृतनापति उपरथी बाबुराम श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोबिन्द प्रसाद रिजाल, आन्तरिक मामिलामन्त्रालय गण्डकी प्रदेश सचिव बद्रीनाथ अधिकारी साथै प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू लगायतले सहभागिता जनाएका थिए ।
निर्वाचनका लागि सुरक्षा परिचालन गर्दा देखिएका चुनौति, जिल्ला स्तरमा तयार पारिएका सुरक्षा योजनाकाबारेमा छलफल गर्न सुरक्षा गाष्ठीको आयोजना गरिएको आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेश सचिवबद्रीनाथ अधिकारीले बताउनु भयो ।
गोष्ठीमा निर्वाचनका वेला सुरक्षा व्यवस्थापन कसरी गर्ने, कुन कुन स्थान सुरक्षाका दृष्टिले जोखिममा रहेकाछन् भन्ने बारेमा छलफफल भएको अधिकारीले बताउनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा समपन्न गर्ननिर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्म सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
गण्डकीका ५ सय ५९ मतदान केन्द्र अतिसंवेदनशील
गण्डकीमा ५ सय ५९ ओटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा रहेका छन् । प्रदेशका ११ जिल्लाका कुल १ हजार २ सय ८३ मतदानस्थलमध्ये २ हजार ३ सय ३९ वटा मतदान केन्द्र छन् ।जसमध्ये अति संवेदनशील ५ सय ५९ ओटा र ९ सय ४५ वटा संवेदनशील छन् । यस्तै ८ सय ३५ ओटा मतदानकेन्द्र सामान्य छन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षा सन्दर्भमा गृह मन्त्रालय तथा आन्तरिकमामिला मन्त्रालय गण्डकीको संयुक्त आयोजामा पोखरामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उक्त कुराबताइएको हो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार प्रदेशमा नेपालप्रहरीतर्फ ६ हजार ६ सय ८६ जना, म्यादी प्रहरी १२ हजार ४ सय ६४ जना, सशस्त्र प्रहरी बल ३ हजार २ सय ४३जना खटिने छन् । यस्तै नेपाली सेना ४ हजार ५ सय १२ जना खटिने छन् ।
गण्डकीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ र प्रदेशसभामा ३६ क्षेत्र छन् । सुरक्षा चुनौतीतर्फ निर्वाचन बहिष्कारगर्ने पार्टी तथा समूहका अवाञ्छित गतिविधि, आचारसंहिताको उल्लंघन, सामाजिक संजालको दुरुपयोग, खुलासीमाको कारण साना हातहतियार, लागु औषध ओसार पसार, हिमाली भेगमा सम्भावित हिमपात, संचारसम्पर्क बिच्छेद, दल तथा उम्मेदवारको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक बिकटताका कारण मतपेटिका ढुवानीमाकठिनाइ लगायत रहेका छन् । सुरक्षा निकायका अनुसार निर्वाचनको बेला सधैं झैं ३ घेराको सुरक्षा व्यवस्थाकायम गरिनेछ ।
आगामी चुनावमा गण्डकीमा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १ सय ९६ र प्रदेशसभातर्फ २ सय ३५ उम्मेदवारछन् । गण्डकीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ र प्रदेशसभामा ३६ क्षेत्र छन् ।







सम्बन्धित खवर
















