69Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५, हेम्जाले संचालन गर्ने गरी शिक्षा अक्षयकोष कोष स्थापना गरिएको जेहेन्दार तथा मेहनती बिधार्थी प्रोत्साहनका लागि वडा शिक्षा समिति एनआरएनए जापानको संयुक्त पहलमा अक्षयकोष स्थापना वडाध्यक्ष मोतीराज तिमिल्सिनाले बताए 

शुक्रबार वडा शिक्षा समितिको आयोजनामा वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रम विच लाख ४० हजारको कोष हस्तान्तरण पनि गरिएको कोषलाई आगामी बर्षमा २० लाख पुर्‍याउने लक्ष्य रहेको हुँदा सहयोगी मनलाई सहयोग गर्न वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले आग्रह समेत गरेका छन्
कार्यक्रममा बोल्दै एन आर एन जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि वडा कार्यालयको समन्वयमा अक्षयकोष स्थापना गरेको बताउदै आगामी दिनमा कोष बढ़ाउनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् बिदेसमा रहेर पनि देश बिकासको लागी अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपरिका पदमार्ग लगाएत अन्य कामका लागि आइसीसीका कार्यकारी अध्यक्ष रविना थापासँग पहल गरी फ्रिज भएको रक़मलाई आवश्यकताका आधारमा काममा लगाउन पहल गर्ने प्रतिबद्वता समेत जाहेर गरेका थिए । आइसिसिका सल्लाहकार मुकुन्द बाँस्तोलाले हेम्जाको बिकासमा सक्दो सहयोग गर्ने बताए

वडाध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, वडा शिक्षा समिति सदस्य सुवास भण्डारी, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर, वडा सचिव सुबोद खनाल लगायतले आफ्ना धारणा राखेका थिए

69Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected