9Shares

पोखरा । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ ।

देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्‍याउनका लागि मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो ।

पोखरा २७ मा आइतबार घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो ।

जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, उहाँले भन्नुभयो- गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’

उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो ।

धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, उहाँले भन्नुभयो – तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’

उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected