२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

मतदान केन्द्रको सुरक्षामा पाँच सय ५१ सदस्यीय युवा परिचालन कमिटी गठन

पोखरा । यहि मंसिर ४ गते हुने आम निर्वाचनमा केन्द्रित हुदै एमालेका उम्मेदवारहरुलाई जिताउन कास्की क्षेत्र नं १ का युवाहरु संगठित भएका छन् ।
युवा संघ नेपाल कास्की क्षेत्र नं १ ले आईतवार राखेको बृहत युवा भेलाले मतदानको परिमाण नआउने बेलासम्म मतदातादेखि मतदान केन्द्रको सुरक्षाका लागि टोली नै बनाएर खटिने गरि पाँच सय ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले युवाहरुले भोग्नु परेका समस्याका बारेमा एमालेले आफनो नीति तथा कार्यक्रममा प्रष्टसाथ राखेकाले देशै भरि युवाहरुको आकर्षण एमालेमा बढेको ठोकुवा गरे । उनले युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने बताए ।
कास्की क्षेत्र नम्वर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले कास्कीमा एमालेलाई हराउन कुनै शक्तिले सपना नदेखे पनि हुन्छ भन्दै दिवा सपना देख्नेहरु गठबन्धनको नाममा बरबराउन लागेको आरोप लगाएका थिए ।
पार्टीगत सिद्धान्त विना नै चुनावी मैदानमा आउनेहरुले देशलाई कसरी कमजोर बनाउने भन्दै उनले सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको बताए । तर देश विकासका एजेण्डा र एमालेको काम गर्ने शैलीलाई हेरर जनताले विश्वास गरेको उनको भनाई छ ।
सोही अवसरमा कास्की क्षेत्र नम्बर १(ख)का उम्मेदवार वेद बहादुर गुरूङ(श्याम)ले सत्य र असत्य बिचको लागि यो चुनाव रहेको बताउँदै युवाको चाहना र समय परिवेश अनुरुपको युवा लक्षित कार्यक्रम मार्फत देश विकास गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा तरूण दल कास्कीका जिल्ला सदस्य मेख लामा सहित विभिन्न पाटी परित्याग गरि करिव सय जनाभन्दा बढी युवाहरु स्वतस्फुर्त रुपमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपमा एमाले जिल्ला कमिटिका सचिव बैन बहादुर क्षेत्री, पोखरा महानगरपालिका नगर कमिटी अध्यक्ष दिलिप न्यौपाने,युवा संघका केन्द्रिय सदस्य सुवास सापकोटा र विकास अधिकारी लगायतले चुनावी अभियानमा दिनरात,भोक र तिर्खा नभनी खटिनका लागि अनुरोध गरेका थिए ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…