2Shares

पोखरा । कालिका वहुमुखि क्याम्पसमा वृक्षरोपण गरिएको छ । क्यम्पसको वातावरणलाई हरियाली बनाउने उद्देश्यले क्याम्पस परिसरमा करिव पचास वटा धुपिका विरुवा रोपिएको क्यम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसी, क्याम्पस प्रमुख विरन्जि गौतम, निवर्तमान क्याम्पस प्रमुख रविन्द्र बास्तोलाले विरुवा रोपेर कार्यक्रमको शुभरम्भ गरेका हुन् । अध्यक्ष केसीले सफा र हरियाली वातावरणले पठनपाठनमा सहयोग पुग्ने उल्लेख गरे ।
क्याम्पस प्रमुख गौतमले गुणस्तरीय शिक्षा प्रदान गर्ने कालिकालाइ अब्बल क्याम्पस्को रुपमा बिकास गरिने उल्लेख गरे ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु शालिकराम तिमिल्सिना, युवराज गुरुङ, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected