२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा

पोखरा । अघिल्लो निर्वाचनमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम गठबन्धनको प्रमुख साझेदार नेकपा माओवादी केन्द्रले १२ सीट तथा जनमोर्चाले ३ सीट जित्यो । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सहित दुई तिहाई भन्दा बढी बहुमतका साथ सरकार चलाएको एमाले पार्टी भित्रैको विभाजनको सिकार हुन पुग्यो । अन्ततः १५ सीट जितेको कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्यो ।
अहिले सोही गठबन्धन निर्वाचनमा कायम छ । गठबन्धनकै बलमा बहुमत ल्याउने कांग्रेसको दावी छ भने एमाले पनि पहिलेको हाराहारीमा चुनाव जित्ने दावी गरिरहेको छ । कास्की ३ (ख) बाट यसअघि एमाले उम्मेद्वार विजयी भए । कास्कीका मतदाताले एउटै ब्यक्तिलाई निरन्तर चुनाव जिताएका छैनन् । अहिले पनि त्यस क्षेत्रमा पूरानै उम्मेद्वार दोहोरिएका छन् भने कांग्रेसलबाट युवा नेता प्रकाश बराललाई अघि सारेको छ ।
बराल त्यस्ता उम्मेद्वार हुन्, जसले अहिलेसम्म कसैलाई चिढाएका छैनन् । जो, हर मतदातासँग परिचित छन् र सबैले आफ्ना जनप्रतिनिधि भनेर विश्वास गर्न सक्छन् । पोखरा २२ का ठाकुर बराल भन्छन्, ‘प्रकाश हामी युवाहरुको प्रतिनिधि हो । हाम्रो विश्वास र आस हो । प्रकाश बरालले नै चुनाव जित्नुपर्छ ।’ यसअघिका उम्मेद्वारले चुनाव जितेपछि गाउँलाई फर्केर नहेरेका भन्दै उनले प्रकाशलाई मतदान गरिदिन आग्रह गरे ।
अन्नपूर्ण ८ बीरेठाँटीका बिजय गुरुङ पनि प्रकाश बरालको विकल्प आफ्नो क्षेत्रमा नभएको बताउँछन् । ‘निकै ठूलो उत्साहका साथ हिजो जिताएका उम्मेद्वार ५ वर्ष बेपत्ता जस्तै भए । न विकास आयो न जनप्रतिनिधि फर्किएर आए,’ उनले भने, ‘हिजो नै गल्ती गरिसकेका उम्मेद्वारलाई अब जिताएर कुनै फाइदा छैन । हाम्रा उम्मेद्वार अब प्रकाश बराल हो ।’ बराललाई चुनाव जिताए हिजो जस्तो निराश हुन नपर्ने उनले सुनाए ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय बराल कास्की कांग्रेसका लागि उदाहरण पनि हुन् । बराल र कास्की १ (ख) का उम्मेद्वार दीपक गुरुङ (माइला) सबैभन्दा कम उमेरमा टिकट पाउने ब्यक्ति हुन् । ‘बरालको टिकटका दुईखाले सन्देश छः एक अब कांग्रेस युवालाई विश्वास गर्न थालेको बुझिन्छ । अर्को यत्तिका युवालाई चुनाव जिताए परिवर्तन र समृद्धी सम्भव छ भन्ने सन्देश आम मतदातामा पुगेको छ,’ उनका सहकर्मी देवेन्द्र केसीले भने, ‘यो पटक बरालले चुनाव जित्दा जिल्ला र समग्र निर्वाचन क्षेत्रलाई फाइदा छ । मतदातालाई बरालले केही गर्छन् भन्ने विश्वास छ ।’
बरालले फेवाताल समस्याको दीर्घकालीन समाधानको एजेण्डालाई प्राथमिकता दिएका छन् । स्वास्थ्य र शिक्षामा उनको बिशेष जोड छ । उनले प्रत्येक वडामा प्राथमिक स्वास्थ्य चौकी र हरेक विद्यालयमा एक नर्सको व्यवस्था गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । अपांगता भएका र जेष्ठ नागरिक तथा पिछडा ब्यक्तिहरुको निशुल्क उपचार, युवाहरुलाई प्रदेशभित्रै रोजगारी, विद्यार्थीलाई प्राविधिक शिक्षा उनका प्रमुख एजेण्डा हुन् । यस्तै, पर्यटन विकास र पर्यटनबाटै रोजगारी र समृद्धीको सपना उनले देखेका छन् । पछिल्लो समय जलवायू परिवर्तनका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा पारेको प्रभाव त्यसको रोकथामका लागि विश्व समुदायको भूमिकाका विषयमा उनले खुलेर बहस गर्न थालेका छन् । बरालको क्षेत्र हिमालसँग जोडिएको क्षेत्र हो । उनी पछिल्लो समय नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…