13Shares

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की क्षेत्र नं २ को प्रदेशसभा १ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । कार्कीले चार हजार ६३८ मतान्तरले भण्डारीलाई पछि पारेका छन् ।

नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार ५४०, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले ४९३, स्वतन्त्र उम्मेदवारहरु दीपक प्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याएका छन् ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणना अनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईको अग्रता रहेको छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected