
8Shares
पोखरा । कास्की क्षेत्र नं. १ (२)को प्रदेशसभा सदस्यमा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै गुरुङले जीत हासिल गरेका हुन् ।
एमालेका श्यामले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याएका थिए । निर्वाचित ५२ वर्षीय गुरुङ यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आबद्ध थिए ।
8Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।























