10Shares

पोखरा । कास्की क्षेत्र नं. २ प्रदेश सभा ‘२’ मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । सत्तारुढ ५ दलका साझा उम्मेदवार नेपाली काँग्रेसका थापाले १ हजार ३ सय १० मत अन्तरले नेकपा एमालेका उम्मेदवार मिना गुरुङलाई पराजित गरेका हुन् ।

थापाले २०७४ सालको चुनावमा सोहि क्षेत्रबाट निर्वाचित भई कांग्रेसको साख जोगाउदै कास्कीलाई लालकिल्ला हुनबाट रोकेका थिए 

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री थापाले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा गण्डकी प्रदेशकी निवर्तमान सांसद नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गरेकी छिन् । त्यसैगरी, राप्रपाका युवा नेता अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा पनि कास्की क्षेत्र नं. २ (ख)बाट वाम गठबन्धनका साझा उम्मेदवार तत्कालिन माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’लाई ८ सय २ मतान्तरले पराजित गरेका थिए । थापाले १० हजार ७ सय २६ मत प्राप्त गर्दा माओवादीका गुरुङले ९ हजार ९ सय २४ मत ल्याएका थिए ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected