0Shares

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ११औं स्थापना दिवस सोमवार एक कार्यक्रमका बीच भिमाद नगरपालिका-२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास माध्यामिक विद्यालयमा मनाएको

क्लबले स्थापना दिवसको अवसरमा बिद्यालयलाई दुई थान कम्प्यूटर, खेलकुद सामग्रीका साथै बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामान वितरण गरेको हो  विगत ८ बर्षदेख़ि क्लबले सो बिद्यालयमा बिविध कार्यक्रमहरु गर्दै आईरहेको क्लबका अध्यक्ष . हरिप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि न्यानो कपडा, स्टेशनरी तथा खेलकुदसामाग्री वितरण, लाईब्रेरी सञ्चालन, सिसि क्यामेरा, कम्प्यूटर, इन्टरनेट जडानका साथै यस बर्ष थप कम्प्यूटरहस्तान्तरण गरेको हो

बिद्यालयमा यस बर्ष थान कम्प्यूटर लायन्स डिष्ट्रिक्ट ३२५ आई सचिवालय मार्फ़त, झोला स्टेशनरी सामाग्रीको लागि बाल बालिका वातावरणको क्षेत्रमा बिगत १४ बर्ष देखि पोखरामा कार्यरतरहेको बाबा फाउण्डेशन नेपालले सहयोग सहयोग गरेको

कार्यक्रममा भिमाद नगरपालिका का वडाध्यक्ष दिनेश थापाले लायन्स क्लबले स्थापना दिनको अवसरमा विद्यालय क्षेत्र विकासमा पु¥याएको योगदानको अतुलनिय रहेको बताउनु भयो उहाँले विद्यार्थीको लागि प्रदान गरिएको कम्प्यूटर, स्टेशनरी एवम् खेलकूदका सामग्रीहरूले उनीहरूको शैक्षिकस्तरवृद्धि एवं बौद्धिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै वडा कार्यालय क्लबसँग सहकार्य गर्न तयाररहेको बताउनु भयो

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डीनेटर सुदीपराज ढुंगाना, क्लबका पुर्व अध्यक्ष एवं डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एडभाईजर अर्जुन सिग्देल, जिवन ढुंगाना लगाएतले सस्थापक सदस्यको महत्व सामाजिक कृयाकलापमा क्लबले गरेका योगदानका बिषयमा आफ्नो भनाई राख्नु भएको थियो

क्लबका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबिकास मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, प्रधानाध्यापक राम्जी सिग्देल बिद्यालय बाल क्लबका अध्यक्ष प्रतिक्षा थापाले लायन्स क्लबले बिद्यालयमा गरेको सपोर्टको उच्च कदर गर्नु भएको थियो साथै, आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम निरन्तरताको लागि आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected