
पोखरा भ्यूज
१६ मंसिर, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ क बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनबा तर्फबाट साझा उमेद्वार थिए ।
अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत पाएका छन् । अर्यालको विजयसँगै काँग्रेसले गण्डकी प्रदेशमा एक सिट थपेर १७ सिटसहित ठूलो दल भएको छ ।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए ।











