
पोखरा भ्यूज ।
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-७ स्थित पर्यटकीय गाउँ लान्द्रुकमा‘हनि हन्टिङ’ महोत्सव हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै ‘हनि हन्टिङ’ मह सिकार महोत्सवका बारेमा जानकारी दिदै महोत्सवका सचिव कमल गुरुङले गाउँलाई पर्यटनसंग जोड्ने चाहाना अनुरुप मह सिकारलाई महोत्वसको रुपमा लैजान लागेको जानकारी दिए ।

मंसिर २७ र २८ गते लान्द्रुकमा हुने उक्त कार्यक्रमा अनुभवी भएमा जो कोहिले पनि सुरक्षा अपनाएर मह सिकार गर्न सक्ने उनको भनाइ छ ।अन्नपूर्ण आधार शिविरका लागि पर्ने पदमार्ग पछिल्लो समय मासिदै जादा अहिले लान्द्रुक छायाँमा परेको छ । सडक विस्तार हुँदैजादाँ पर्यटकहरुको गन्तव्य फेरिन थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । गाउँमा पर्यटकको आगमन बढाउन युवाहरु नयाँपन गर्ने सोँचका साथ वर्षेनी मह सिकार कार्यक्रम गर्दै आएका छन् । परम्परागत रुपमै भिर मौरीको घार काट्ने प्रचलनलाई महोत्वसको रुपमा अघि बढाउँदै पर्यटक तान्न गाउँलेहरु कस्सिएका हुन् ।
‘गाउँमा पहिला पर्यटकको आगमन हुने गरेको थियो । तर अहिले निकै न्युन छ । हाम्रो गाउँ पर्यटकीय गाउँ भएपनि पछिल्लो समय सडक विस्तारका कारण पछि परेको छ’ गुरूङले भने,‘पहिला अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यहि हो तर अहिले सडक बनेपछि यताको बाटो प्रयोग हुन छाड्यो । त्यसैले गाउँलेहरुले व्यवसाय गुमाउँदै जान परेको छ ।’ गाउँपालिकाले मह सिकारका लागि वर्षेनी आर्थिक सहयोग गर्दै आइरहेको उनले बताए । सोही पालिकाको सहयोगलाई लिएर महोत्वसको रुपमा विकास गर्ने योजना अघि सारेको उनको भनाइ छ ।
वर्षेनी जंगली मौरीले भीरमा बनाएको घार काट्ने र त्यहाँबाट मह निकालेर बेच्ने गरेको उनले सुनाए । गत वर्ष ६० लिटर मह निकालेको उनले बताए । मह सिकारका साथै सांस्कृतिक महोत्वस समेत गरिने उनले बताए ।
वडा नं. ७ का वडा सदस्य राम गुरुङले पालिकाको साथै केहि विदेशी सहयोग समेत आउने गरेको बताए । उनले लान्द्रुक पुग्नका लागि पोखरा १ हरिचोक देखि जिप समेत लाग्ने बताए । उनका अनुसार मह बढी निस्किएमा महोत्सवको मिति बढ्ने नभए २८ गते नै सम्पन्न हुने बताए ।
महोत्सव संयोजक राजु पौडेलले मह सिकार निकै साहसी काम भएको बताए । उनले जंगली मौरीको महको माग निकै रहेको र ३ हजार रुपैयाँ लिटरमा विक्रि गर्ने योजना बनाएको सुनाए । ‘हामीले यो वर्ष मह ३ हजार रुपैयाँका दरले विक्रि गर्ने निणर्य गरेका छौं । मह विक्रि गर्न समस्या छैन् । पहिला नै मह किन्नका लागि मानिसहरु आइसकेका छन् तर यसलाई एउटा महोत्वसको रुपमा विकास गरि मनोरञ्जन समेत दिने योजना हो’ उनले भने । उनका अनुसार मह सिकार गर्ने परम्परालाई महोत्सवमा रुपान्तरण गर्दा नयाँ पुस्ताले समेत कसरी भिर मौरीको घार काट्ने भन्ने कुराको ज्ञान पाउनेमा आफुहरु आशावादी रहेको सुनाए । घार काट्न अनुभवका साथै ज्ञानको समेत उत्तिकै खाँचो रहेको उनको भनाइ छ । जसका लागि यो बर्ष ९ देखि ११ जनाको समूह रहेका छन्







सम्बन्धित खवर
















