२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

आइतवार व्यापार मेलाको समापन हुदै

पोखरा, २४ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आइतबार समापन हुँदैछ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ मंसिर २५ गतेबाट सुरु भएको मेला समापनमा गण्डकी प्रदेशका पर्यटन,उयोग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा प्रमुख अतिथि रहने संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन् । उनका अनुसार मेला समापनको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका अतिथिहरु पनि उपस्थित रहनेछन् ।
पोखरा लगायत सम्पूणर् राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्धेश्यले आयोजित मेलाले समग्र गण्डकीको पर्यटन प्रवद्र्धनको लागि पनि उत्तिकै जोड दिएको संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले बताए । पोखरा औद्योगिक क्षेत्रमा उत्पादित सामग्रीहरु,हस्तकला,कृषिका स्टलहरुमार्फत् स्थानीय उत्पादनहरुको प्रवद्र्धन गरिएको उनले बताए । मेला नाफा-घाटा खोज्ने थलो नभएर समग्र अर्थतन्त्र चलायनमान बनाउने यज्ञ भएको जिकिर गर्दै उनले भने,‘मेलाले तत्कालको लागि लाभ दिने हैन, अहिले गरिएको प्रवद्र्धनले भोलिको व्यवसाय बढाउने हो, हामी हाम्रो उदेश्यमा सफल भएका छौँ ।’ संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको अन्तिम दिनमा भारी छुटमा सामान बिक्री भइरहेको जानकारी दिए । उनले छुटमा घरायसी तथा गुणस्तरीय सामग्री खरिद गर्ने अवसर नगुमाउन पोखरेलीलाई आग्रह पनि गरे । मेला सांस्कृतिक उपसमिति संयोजक शोभा गौतमका अनुसार आइतबार पनि सांस्कृतिक कार्यक्रमहरु जारी रहनेछन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…