0Shares

पोखरा भ्यूज
२५ मंसिर, पोखरा । समानुपातिकतर्फको प्रदेश सासंद छनौटको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । उनीहरुले गण्डकी प्रदेश सभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै तालाबन्दी गरेका हुन् । राप्रपाले प्रत्यक्षतर्फ जित्न नसके पनि गण्डकी प्रदेश सभामा समानुपातिक पद्धतिबाट २ सिट पाएको छ ।

कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै कार्यकर्ताले विरोध जनाएका हुन् । गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा राप्रपाले पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए । राप्रपाले कास्कीमा १७ हजार ८८२ र प्रदेशमा ५९ हजार ४८३ मत प्राप्त गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected