२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘राजालाई केन्द्र बनाएर बालेनजीले किन ट्विट गरे ?’

पोखरा । खेलकुद होस् वा राजनीति दुवैमा हार-जीतको प्रतिस्पर्धा रोचक हुन्छ। दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन्।
तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो।
लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उनले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोधे,
‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी?’
एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, म ‘अहिले नेकपामा छु।’
अनि विजय कुमारले भने, ‘ए!’
विजय कुमारले अर्का वक्ता मिनेन्द्र रिजाललाई पनि किन छोड्थे!
डा. रिजाललाई कबुल गर्न बाध्य पारे, म पार्टीको निर्वाचनमा महामन्त्रीमा मज्जैले पराजित भएँ। रक्षामन्त्रीबाट राजीनामा गरेँ।
तर छलफल वक्ताद्वयलाई होच्याउन नभई हारजीतको बुझाइलाई नयाँ कोणबाट हेर्ने प्रयासका लागि थियो। दुवै नेताले पालैपालो आफ्नो हारलाई संघर्षका रुपमा व्याख्या गर्ने अवसर पनि पाए।
रिजालले भने, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार बेहोर्छ। मैले पटक पटक संसदमा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा शानसाथ हार्न सक्नु भएन भने जीतमा विनयशीलता भएन भने मानिस मानिस हुन्न। आज फेरि भन्छु- ओलीजी प्रचण्डजी विनयशीलता नगुमाउनुस्।’
उनले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गरे। एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उनले भने, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन्। चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन्।’
नेता भुसालले हारजीत एकदम वृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गरे।
‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ । यो आज भन्दै छुइनँ। एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो। त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो,’ भुसालले भने, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ, यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले। तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस्।’
उनले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई भाग्यमानीसमेत भने।
छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गरे।
रिजालले यसबारे भने, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौ त्यहाँ पुग्नै पर्छ । जसले जसलाई जतिबेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ ।
हाम्रो भाष्य के थियो? नमिली जितिन्छ? एक्लै लडेर जितिन्छ? जित अन्तिम सत्य बन्यो हाम्रो । आज कांग्रेससँग जीत पनि छ, हार पनि छ।’
यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताए। उनले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर शान देखाउनेहरु हाबी भएको टिप्पणी गरे। यसबाहेक विचार र मूल्यमा रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरु पनि सानो संख्यामा रहेको उनले बताए।
हारजीतमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि काठमाडौंका नेता भुसालले मेयर बालेन्द्र शाहको ट्विटबारे पनि आफ्नो धारणा पोखे।
मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्विटमा लेखेका थिए—
राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधै सास्तीमा ।
‘बालेनजीले जुन उदाहरण राजालाई नै केन्द्रित भएर त्यो उहाँले किन भन्नुभएको भन्ने कुरा मैले अहिलेसम्म बुझेको छैन। आगामी दिनमा नेपाली राजनीतिका अनेक कौतुहलता क्रमशः अगाडि आउँछन् केही छ भने,’ उनले भने, ‘यदि छैन त्यसै एउटा कविता लेख्नुभयो उहाँले छोटा कविता लेख्नुभएको हो भने सकिएला। यसभित्र केही छ भने यो राजालाई नै केन्द्र गरेर किन यो प्रश्न आयो भन्ने कुरा, मेरो कौतुहलता त्यत्ति हो।’

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…