31Shares

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिए सँगै उनी दलको नेता चयन भएका हुन् ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचनमा होमिएका भोजराज अर्याललाई पाण्डेले पराजित गरेका छन् । पाण्डेले १८ मत प्राप्त गर्दा अर्यालले ८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको छ ।

पाण्डे यसअघि राष्ट्रिय सभामा पनि दलको नेता थिए। पाण्डे कांग्रेसको संस्थापन पक्षका नेता हुन् भने अर्याल शेखर समूहका । २७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए ।

 

31Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected