गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
- December 29, 2022
- 2043

पोखरा भ्यूज
१४ पुस, काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । मापदण्ड विपरीत पूर्व कर्मचारी र पूर्व सुरक्षाकर्मी कहाँ खटाइएका सुरक्षाकर्मीमध्ये बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्रालयले स्रोतले बताएको छ ।
फिर्ता गरिएका सुरक्षाकर्मी सबै १९४ सुरक्षाकर्मी प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर भएका छन् । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।
त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो । यद्यपि राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेको पाइए पनि मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।







सम्बन्धित खवर















