२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ म्याग्दीमा शुरु

म्याग्दी, बेनी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ म्याग्दीमा शुरु भएको छ । विश्वको सबैभन्दा उत्कृष्ट डिष्ट्रिक्टको रुपमा परिचय पाएको तेस्रो क्याविनेट मिटिङको विजनेस सेशन शुक्रबार जिल्ला समन्वयको हलमा शुरु भएको हो । त्यस्तै, क्याविनेट मिटिङको प्लेनरी सेशन पनि सोहि ठाउँमा शनिबार हुने तेस्रो क्याविनेट मिटिङका संयोजक एवं ग्लोवल मेम्बरशिप एप्रोच डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष रावलले बताएका छन । रावलका अनुसार शनिबारको तेस्रो क्याविनेट मिटिङको विहान ७:३० बजे स्थानीय विरेन्द्रचोकबाट र्र्याली समेत सुरु हुने बताइएको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपाल तेस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको भनाई रहेको छ । दुईदिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरू, क्याविनेटका सिनियर लिडरहरू, क्लवका अध्यक्ष र पदाधिकारी गरी करिव ८ सयको हाराहारीमा सहभागी हुने अपेक्षा गरिएको संयोजक रावलले जानकारी दिए ।

आयोजक कमिटीका अनुसार तेस्रो क्याविनेट मिटिङको पहिलो दिन शुक्रबारका लागी डिजी टिम, पिडिजीहरु, डिष्ट्रिक्टका सिनियर लिडरहरू, रिजन, जोन, सहित क्याविनेटका डिर्पाटमेन्ट चिफ पदसम्मका सिनियर लिडरहरुलाई मात्र आमन्त्रण गरिएको हुन्छ ।

शनिबार भने क्याविनेट मिटिङमा नाम दर्ता गर्ने सम्पूर्ण लायन्स सदस्यहरू सहभागी हुन पाउनेछन् । ऐतिहासिक तेस्रो क्याविनेट मिटिङलाई भव्यताका साथ सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर बसेलले सम्पूर्ण लायन्स सदस्यहरूलाई आग्रह समेत गरेका छन् । डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने केही लायन्सलिडरहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान गर्ने तयारी रहेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए । म्याग्दीमा सम्पन्न हुन गईरहेको क्याविनेट मिटिङलाई म्याग्दी स्थित सम्पूर्ण लायन्स क्लवहरूले होस्ट गरेको छ ।

डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले हालसम्म भए गरेका कार्य प्रगतिको बारेमा जानकारी गराएका थिए भने  क्याविनेट सेक्रेटरी हरिराज पन्तले सचिवको र ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुतगरेका थिए ।

सो अवसरमा डिष्ट्रिक्टको विभिन्न पदमा रहेका क्याविनेटका पदाधिकारीहरूले आफ्ना जिज्ञासा सहित अमूल्य सुझाव राखेका थिए ।

डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता लायन्स अन्तरराष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतितथ्यतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा आईपिएमसीसी मनबहादुर रोका, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र बिनोद ढुङगाना, पिडिजी इन्दु लम्साल लगाएतले डिष्ट्रिक्ट ३२५ आई नेपाल नेपालमा मात्र नभई विश्वमा नै नम्बर १ बनाउन सफल गभर्नरलाई आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…