
पोखरा भ्यूज
२८ माघ, पोखरा । पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा केहीबेर अघि आगलागी भएको खबर छ । आगलागीबाट त्यहाँका पसल तथा रेष्टुरेण्टमा क्षति भएको प्रहरीले बताएको छ ।
टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान छ । अहिले आगो नियन्त्रणमा लिने काम जारी रहेको बताइएको छ । क्षतिको यकि विवरण आइसकेको छैन ।











