२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरू पोखरामा

पोखरा भ्यूज । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको आसन्न महाधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले भेटघाट र शुभकामना लिने क्रम जारी राखेका छन् ।

सोमवार काठमांडौंमा डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम र द्वित्तिय भाईस गभर्नर पदको मनोनयन दर्तासँगै उम्मेदवारहरूले भेटघाट र शुभकामना लिनेक्रमलाई निरन्तरता दिएका हुन् । मंगलवार लमजुंग, बुधवार गोर्खा र पोखरामा सो अभियानलाई निरन्तरता दिएका छन् । त्यस्तै, विहिवार र शुक्रवार पर्वत र म्याग्दीमा पुग्ने डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।

सोहि क्रममा बुधवार पोखरा आई पुगेका डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार चन्द्रकुमार केसी, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार विनोद ढुङगाना र सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डेले पोखरामा रहेका लायन्स लिडरहरुसँग भेटघाट र शुभकामना कार्यक्रमको आयोजना गरी गभर्नर पदमा शतप्रतिशत ‘एस’ भोटको लागि आग्रह गरेका छन।

लायन्स क्लब अफ पोखरा अभियानको आतिथ्यतामा आईतवार पोखरामा सम्पन्न कार्यक्रममा उम्मेद्वारहरूले शतप्रतिशत ‘एसभोट’का लागि सम्पूर्ण उपस्थित लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका हुन् ।

फागुन २७ गते पोखरामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम ज़िल्ला महाधिवेशन हुँदैछ ।  सो अधिवेशनबाट लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ ।

डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङ सहितका गण्डकी र धवलागिरीका ८ ज़िल्ला गरी १२ ज़िल्लाका करिव १५५ क्लब र ४ हज़ार बढ़ी लायन्स सदस्य आवद्व रहेका छन ।

डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको छ । लायन्सको अन्तरराष्ट्रिय प्रावधान अनुसार गर्भनर र भाइस डिष्ट्रिक्ट गभर्नर हुनेले शतप्रतिशत ‘एस’ भोट लिनुपर्ने हुन्छ ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार चन्द्रकुमार केसीले विश्व लायन्स अभियानमा हरेक बर्ष आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै आईरहेको डिष्ट्रिक्ट ३२५बि १ बाट रिडिष्ट्रिक्टिङ भै बनेको डिष्ट्रिक्ट ३२५ आईको भुमिका डिष्ट्रिक्ट ३२५ बि १ कै निरन्तरताको रुपमा अघि बढाउने प्रतिबद्वता ब्यक्त गरे । उनले भने ‘हिजोका हाम्रा लायनलिडरहरू जस्ले लायनवादमा विश्व रेक़र्ड होल्डर गर्नु भएको छ, उहाँहरू प्रति गौरब गर्दै उहाँहरुकै पथप्रदर्शक भुमिका र त्यही हिजोको गर्भिलो ईतिहास बनाउन योगदान दिनु हुने तपाईं आम सबै लायन्स साथीहरूको भुमिकाले हामीले हाम्रो डिष्ट्रिक्टलाई सेवा कार्यको उत्कृष्ट नमुनाको रुपमा स्थापित गराएका छौं, आउँदा दिनमा पनि अझै उत्कृष्ट बनाउने नै छौं’, उनले भने ’लायनवादका धरोहर राजन लम्साल, मन बहादुर रोका, इन्दु लम्साल र वर्तमान डिष्ट्रिक्ट गभर्नर राम बसेल जसले नेपालको लायन्स ईतिहासमा नमेटिने छाप बनाउनु भएको छ उहाँहरूको सारथीपन र उत्कृष्ट नेतृत्वसाथै सेवा कार्य गर्नुहुने तपाईं लायन्सहरुको योगदान र भुमिकाका कारण नै यस डिष्ट्रिक्टको गरिमाउचो राख्न सक्छु भन्ने आटले नै मलाई नेतृत्वमा अघि बढ़न प्रेरणा मिलेको छ ।’ 

केसीले आफ़नो कार्यकालमा गरिने मुख्य कामहरू बारे संक्षिप्तमा उल्लेख गरेका थिए ।

फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार बिनोद ढुङगानाले आफुलाई लायन्स नेताको रुपमा अब्बल साबित गराई सक्नु भएका व्यक्तिको नेतृत्वमा आफु गाईडेड हुने मौका मिलेकोमा गर्व महशुष भएको बताए । सकारात्मक सोच, संगठनात्मक भावना र सामुहिक नेतृत्व नै हाम्रो लायानिज्मको धरातल रहेको बताउदै डिष्ट्रिक्ट गभर्नरको जुन अभियान हुनेछ यसलाई पूर्ण सफल बनाउन आफूले जानेको, आफ्नो बलबुताले भ्याएसम्म कार्यकाल सफल बनाउनका निमित्त शतप्रतिशत साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डेले गभर्नरले ल्याएका कार्यहरुमा तन, मन, बचन र कर्मले लागि पर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर टिमका ३ जना उम्मेद्वारलाई शतप्रतिशत मतका साथ विजयी गराउन आग्रह गरेकी थिईन।

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तरराष्ट्रियका आईडि ईन्ड्रोर्सि बालकृष्ण बुर्लाकोटी, मल्टीपल लायन्स म्यागेजिनका चिफ ईडिटर एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, एलसिआईएफ एरिया लिड़र राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, लायन्स लिडरहरू शैलेन्द्र मोहन भट्टराई, अमृतप्रसाद तिवारी, महेश पाण्डे, प्रेम दाहाल, मणि डुम्रे, शिवकुमारी गिरी लगाएतले गभर्नर टिमलाई शतप्रतिशत भोटको आग्रह गर्दै डिजी टिमलाई सफलताको कामना गरेका थिए ।

उम्मेदवार परिचय कार्यक्रममा गभर्नर चन्द्रकुमार केसीको परिचय लायन्स क्लब अफ बेनी म्याग्दीका पूर्व अध्यक्ष सन्तोष रावल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको परिचय लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्साल र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार पार्वती पाण्डे खरेलको परिचय लायन्स क्लब अफ काठमांडौं परोपकारका अध्यक्ष सुवासचन्द्र जोशीले गराएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…