२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

त्रिआमा बित्तीय साक्षरता कार्यक्रम

स्याङ्जा, ९ चैत्र । “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल उद्देश्यका साथ स्थापित मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाको आयोजनामा जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकको सम्मन्वयमा २०२३ को मार्च २२ देखि २६ सम्म संचालित ‘ग्लोबल मनि सप्ताह’ का अवसरमा बैंकले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बित्तीय साक्षरता कार्यक्रममा विद्यालयका कक्षा ११ मा अध्ययनरत झण्डै १ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा बैंकका पुतलीबजार शाखा प्रमुख दिनेश गुरुङ्ले बित्तीय साक्षरताका मार्फत संचालित कार्यक्रमले नेपालमा पछिल्लो समय बचत गर्ने बानीको विकास भएको बताए । उनले बचत गर्ने बानीको विकास गर्न सकेमात्रै धनि बन्न सकिने मुलमन्त्रलाई आत्मसाथ गर्न सबैमा आग्रह गरे ।
बित्तीय साक्षतरताका अवसरमा विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, बैंकका अनुगमन अधिकृत बालकृष्ण रेग्मी, बजार प्रबद्र्धन प्रमुख सन्तोष ढकालले बैंकिङ् कारोबारका बारेमा विद्यालय स्तरमा आवश्यक ज्ञान प्रदान गर्न सके विद्यार्थीमा आर्थिक कारोबारको महत्वका बारेमा जानकारी हुने बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ बैंकका आईबी डेक्स प्रमुख अरुण कार्की लगाएतका बक्तलाहरुले बोलेको मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखा संचालन विभाग प्रमुख प्रलभ पोखरेलले जानकारी दिए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय, आमा समूह, युवा क्लब स्तरमा लामो समयदेखि बित्तीय साक्षरताका गतिविधिहरु संचालन गर्दै आएको छ । बैंककै सहयोगमा कृषक परिवारका विद्यार्थीलाई लक्षित गरी त्रिभुवन आदर्श माविमा ५ लाखको अक्षयकोष संचालनमा रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…