
12Shares
काठमांडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको हो ।
अडियोमा रवि लामिछानेलाई दिने भन्दै रास्वपाका सांसद श्रेष्ठले प्रसाईसँग २ करोड़को डिल गरेको संवाद सार्वजनिक भएको छ ।
अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन्।
12Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















