
दमौली, चैत्र २७ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी कमाण्डर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी आक्रात्मक रुपले चुनाव प्रचार प्रसारमा जुट्नु भएको छ । सोमबार सङ्घीय संसदको बैठक चल्ने भएपनि त्यसलाई थाति राखेर भण्डारी आक्रमक रुपमा चुनावी प्रचारमा जुट्नु भएको हो । भण्डारीले व्यास नगरपालिका वडा नम्बर १० को वैरेनीबाट सुरु भएको प्रचार अभियान एकै दिनमा एक दर्जन स्थानमा मतदाता भेटघाट गर्नु भएको छ । व्यास पछि भानु नगरपालिकाको विभिन्न स्थानमा मतदाता भेटघाट गरिएको हो । राष्ट्रपतिको जिल्लाको गरिमा कायम राख्न र तनहुँको विकासलाई गतिशिल बनाउन गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो । केन्द्रमा गठबन्धनकै सरकार रहेको र उच्च हैसियतको उम्मेदवार भएकोले जितेपछि मन्त्री बन्ने सम्भावना रहेकोले तनहुँमा विकासको मुल फुटाउन भट्टराईलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
भण्डारीसँग नेपाली कांग्रेस तनहुँका सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, महासमिति सदस्य प्रा.डा.कृष्णप्रसाद गौतम, महाधिवेश प्रतिनिधी सरिता गुरुङ, जिल्ला सचिव सहदेव अधिकारी, सदस्य डम्बर अधिकारी लगायतले भट्टराई त्यागी, स्वच्छ छवि भएको र बौद्धिक नेता भएकोले भोट हालेर जिताउन एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी
नेपाली कांग्रेस युवा नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताएका छन् । तनहुँ १ का मतदाताले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र वैशाख १० गते हुने उपनिर्वाचनमा मन्त्री बनाउने अवसर आएको बताए ।
सो कुरा नेता भण्डारीले तनहुँको व्यास नगरपालिका–१० वैरनीमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै बताएका हुन् । गठबन्धनको सरकार भएकाले जनताले विकासको पूर्वाधार निर्माणको लागि गठबन्धनकै उम्मेदवारलाई जिताउँदा सहज हुने भएकोले जीत सुनिश्चित रहेको उनको भनाई थियो । ‘‘यसपटक गोविन्द भट्टराई जिताएर मन्त्री बनाउनु पर्छ त्यसको साथ दिन म तयार छु भण्डारीले भन्नुभयो,सरकार भए नै काम गर्न सकिन्छ ।’’
‘‘गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ नेता भण्डारीले भने स्थायी सरकार र समृद्धिको लागि गठबन्धन गरिएको हो ।’’ एमाले अध्यक्ष केपी प्रधानमन्त्री बन्दा संविधान कुल्चने, गणतन्त्रलाई उल्टाउने र पार्टी फुटाउने चेष्टा भएपछि गठबन्धन गरिएको भण्डारीको भनाई थियो । राजनीतिक स्थायित्व विना देशको विकास हुन नसक्ने कुराको हेक्का राख्दै गठबन्धन गरिएको भण्डारीले बताए । उत्येजना तथा भावावेशमा आएर राजनीतिले सही निकास दिन नसक्ने भण्डारीले बताउनभयो । पूर्व मन्त्री समेत रहेका भण्डारीले धेरै असुष्टि बोकेर नभई संयता, धर्यता र कर्तव्यबोध भएकोले मात्रै देश बनाउन बताउनु भएको थियो ।
उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकोले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नु पर्ने भण्डारीको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षत्रीय सचिव तुलसीराम सापकोटा, व्यास नगर सभापति सूयचन्द्र हड्खले, वडा सभापति प्रेमराज मिश्र लगायतले मङ्सिर ४ गतेको चुनावमा भारी मतान्तरले गठबन्धनको उम्मेदवारले चुनावमा जितेकोले उच्च मनोवल बनाएरु सबै जना मिलेर प्रचार प्रसार जुट्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।











