२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

आलु महोत्सवमा आलु किन्नेको भिड

पोखरा, २९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता हवात्तै बढेको छ ।
​महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ ।
​बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले हालसम्म १५ हजार बढी दर्शक महोत्सवमा सहभागि भएको पनि बताउनुभयो।
​विशेष गरी कृषि उत्सवका रुपमा महोत्सव मनाइएकाले गाउँठाउँका स्थानीयले समेत महोत्सवलाई चासोका साथ अवलोकन गरेको हुनसक्ने आयोजकको ठहर छ ।त्यसमाथि लामो समयपछि हेमजामा मेला महोत्सव भएकाले हेमजावासीको सहभागिता समेत उत्साहजनक रुपमा पाइएको छ।
​महोत्वसमा बुधवार मात्रै कुल २ सय ९२ जना ग्राहकले १० टन भन्दा बढी आलु खरिद गरि लगेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिनुभयो ।
​हावापानीका कारण अन्य स्थानको भन्दा हेमजाको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले त्यहाँ उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको तिमिल्सीनाले दावी गर्नुभयो ।
महोत्सव अन्र्तगत बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, परशुराम अधिकारी, बुद्धदेवी कुँवर, कमला गैह्रे, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहे भने बिहीवार राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम, लाहुरे, काल रात्री तथा रक्षा व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । जसको अन्तिम नतिजा बैशाख २ गते मात्रै घोषणा गरिने छ ।
ॅसुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।
महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…