0Shares

पोखरा, १ बैशाख । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आउदाँ दर्शक सहभागिता हवातै बढेको छ ।
शुक्रवार नयाँवर्षको दिन करिव दश हजार मानिसले महोत्सव अवलोकन गरेका छन्।अधिकाशं अवलोकन कर्ता महोत्सव स्थलमा रहेका खाजा स्टलमा आलु परिकारका स्वादमा रमाइरहेका भेटिन्छन्।
आयोजकले ती स्टलमा आलुको मम, आलु चप, आलु स्टीम, आलु ससेस, आलु दम, आलुको अचार, आलु पकौडा लगायतका गरी २० परिकारको व्यवस्था मिलाउन भनेको छ ।जसअनुसार नै स्टल संचालकहरुले परिकारको व्यवस्था पनि मिलाइरहेका छन् ।
योसँगै महोत्सवमा अगाडि सारिएको ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारा सार्थक हुने देखिन्छ।
महोत्सव प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफनो स्टलमा आलुका परिकारमात्रै तयार गर्ने गरीएको वर्ड टाउन वेस्टोका संचालक जीतेन्द्रजंग थापाले बताए ।महोत्सव स्थलमा करिव ३० वटा खाजाका स्टलहरु छन् ।जसमध्ये अधिकाशंले आलुका परिकारलाई प्राथमिकताका साथ बनाउने गर्दछन्।
महोत्सव अन्र्तगत शुक्रवार लोकदोहोरीतर्फ कलाकारहरु बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीले प्रस्तुतिहरु राखेका छन्।
त्यस्तै शुक्रवार लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल, पारु गुरुङ र कमला केसी, पपतर्फ सिडी विजय अधिकारी, डिमोर्चा व्याण्ड साथै हास्यतर्फ पुर्खे वाका प्रस्तुतिहरु रहनेछन्।
छैटौं दिन शुक्रवारसम्म महोत्सव स्थल र बाहिरबाट समेत गरी करिव ७० टन आलुको कारोवार भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए।
शुक्रवार महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले स्वदेशलाई आत्मनिर्भर गराउन विदेशबाट ल्याउने गरिएका तरकारीजन्य पदार्थ रोक्नुपर्ने बताए ।उनले विचौलियालाई निरोत्साहित गर्ने गरी विधेयक ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।
महोत्सव यहि बैशाख ३ गतेसम्म चल्नेछ

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected