
तनहुँ, वैशाख ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नु भएको छ । भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गर्नुभयो ।
डा. कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताउनुभयो । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उहाँको भनाई थियो । तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार व्यक्त गर्नुभयो । गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी, इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको बताउनुभयो । कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह समेत गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कटाक्ष गर्नुभयो । ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ नेता कोईरालाले भन्नुभयो । राती ११ बजे सुत्ने अब २ बजे सुतेर रातदिन नभई प्रचार जुट्नु पर्ने बेला आएको उहाँले बताउनुभयो ।














