२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

मत सर्वेक्षण : तनहुँमा गोविन्दले जित्दै

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएको छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएको एक मत सर्वेक्षणले यस्तो देखाएको हो ।

तनहुँमा कांग्रेसले नै जित कायम गर्ने देखिन्छ  । तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएको छ । यसअघि कांग्रेसले जितेको सो क्षेत्रमा भट्टराईको पक्षमा मतदाताको सेन्टिमेन्ट देखिएको छ । १ हजार ९ सय ३० मतदातासँग गरिएको सर्वेक्षणमा ९ सय ३० ले रूखमा मत दिने बताएभने ४ सय ७१ ले  घण्टी र ४ सय ३० मतदाताले सुर्य चिन्हमा मत दिने बताए । त्यस्तै १०० जनाले अन्य अथवा कसलाई मतदान दिने प्रष्टभैनसकेको प्रतिक्रिया जनाए। विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ । यहाँ एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन्   ।

विगतमा रामचन्द्र पौडेल उठ्दा गोविन्दराज जोशीका कारण विपक्षमा परेको अधिकांश मत यसपटक भट्टराईलाई पर्ने देखिएको । `जोशीले समर्थन जसलाई गर्यो उसलाई मत हाल्ने कुरा हुन्न । हिजो रामचन्द्रहुँदाको कुरा भिन्न हो,´जोशी निकट स्थानीय नेताले नाम नखुलाइदिन आग्रह गर्दै भने, `पार्टीले हामी माथिको कारवाही फुकुवा गरिसक्यो । जोशी सरसँग सति जाने कुरा हुन्न । रूखलाई जसरी जिताइन्छ ।´

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…