2Shares

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि ३ दिनको समय दिएर आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

एमालेका खगराज अधिकारी माओवादी र राप्रपा समेतको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि खगराज अधिकारी अल्पमतमा परेका थिए ।

उनले वैशाख ९ गते शनिबार विश्वासको मत प्राप्त गर्न सकेनन् । सरकारले विश्वासको मतका लागि ९ गते नै संसद अधिवेशन डाकेको थियो । जसमा अधिकारीको पक्षमा २४ मत पर्दा उनको विपक्षमा ३५ मत परेको थियो । प्रदेश सभा ६० सदस्यीय छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected