66Shares

धुलिखेल लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सुरू भएको छ।

धुलिखेलस्थित होटल धुलिखेलमा सुक्रवार देख़ि सुरू भएको लायन बर्ष २०२३/२४ का लागि मनोनित क्याबिनेट अफिसर्सहरूको स्कुलिङ कार्यक्रम आइतवार समापन हुनेछ

पहिलो दिन सुक्रवार सम्पन्न कार्यक्रममा लायन्सका पूर्व अन्तरराष्ट्रिय डाईरेक्टर संजय खेतानद्वारा मोटिभेसनल क्लास, मोटिभेसनल स्पिकर बिपी रेग्मीले लिडरशिप सम्बन्धि डिष्ट्रिक्ट गभर्नर इलेक्ट चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नर लायन्स अन्तरराष्ट्रिय प्रेसिडेन्टका आगामी कार्यकालमा वार्षिक कार्यक्रमका बारेमा प्रस्तुति राख्नुभएको थियो

बिषयगत कक्षा संचालन हुने दोश्रो दिन शनिवार (आज) डिष्ट्रिक्टका अति महत्वपूर्ण पद क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ ईन चिफ एडिशनल सेक्रेटरी/ट्रेजररलाई डिष्ट्रिक्ट गभर्नर राम बसेलले प्रशिक्षण दिनुहुनेछ डिष्ट्रिक्ट कोअर्डिनेटर, एडिशनल डिष्ट्रिक्ट कोअर्डिनेटरलाई आईपिएमसिसि मनबहादुर रोका डिष्ट्रिक्ट चिफ, एडिशनल डिष्ट्रिक्ट कोचिफ, डिष्ट्रिक्ट काउन्सिलर सिनियर एडभाईजरको लागि प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट बिनोद ढुङगाना रिजन चेयरपर्सनको लागि पूर्वडिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल जोन चेयरपर्सनलाई एलसिआईएफ एरिया लिडर राजन लम्साल साथै एडभाईजर, एओजी पिआरओको लागि द्वित्तिय भाईस गभर्नर ईलेक़्ट पार्वती खरेल पाण्डेद्वारा कक्षा संचाल हुने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी ईलेक़्ट महेश पाण्डेले जानकारी दिनु भयो

शनिवार नै आउँदो बर्षका लागि गभर्नरको नारा इन्सपाएर टु लिडमा मोटिभेशनल स्पिकर रविन कटवाल, हाउँ टु मेक आवर टेनर ससेस् सम्बन्धि एलसिआईएफ एरिया लिडर राजन लम्सालले प्रशिक्षण गराउने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनुभयो 

समापन अवसरमा चर्चित कलाकार पशुपति शर्मा प्रिती आलेको प्रस्तुति रहने आयोजकले जनाएको कार्यक्रममा १५२ जना लायन्स लिडरहरू स्क़ुलिङमा सहभागी रहेका छन्
लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रममा उद्घाटन सत्रमा किनोट स्पिकरमा लायन्सका पूर्व अन्तरराष्ट्रिय डाईरेक्टर संजय खेतान समापन अवसरमा आईडि ईन्ड्रोसी बालकृष्ण बुर्लाकोटी रहनु भएको

66Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected