२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुभारम्भ

पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा आइतबार उद्यमशील साझेदारी कार्यक्रमको शुभारम्भ भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रमकाविच कार्यक्रमको शुभारम्भ गरेका हुन । उनले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्छ भन्दै कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने बताए । उनले व्यबाहरिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने उल्लेख गरे । प्रा. डा. अधिकारीले उद्यमशीलताले देश मै स्वरोजगार बढाएर काम गर्नका लागि विदेश जानुपर्ने समस्याको समाधान हुने बताए । विश्वविद्यालय अनुदान आयोग, अनुसन्धन तथा छात्रवृत्ति महाशाखाका निर्देशेक डा. प्रमोद पौडेलले विद्यार्थीहरु उद्यमी भए आफैले रोजगारी सिर्जना गरेर अरुलाइ रोजगार दिने र राज्यलाइ कर समेत तिर्न सक्ने हुदा राज्यलाई समेत फाइदा पुग्ने उल्लेख गरे ।
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसले ल्याएको यो परियोजनालाई विद्यार्थीहरुले अवसरको रुपमा लिएर सदुपयोग गर्न सुझाव दिए । क्यम्पस संचालक समितिका अध्यक्ष किरण केसीले उद्यमशीलताले विद्यार्थीहरुलाइ रोजगारी खोज्दै भौतारिनु नपर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखराका उद्यमीहरु काठमाडौ वेकरीका संचालक रोशन महर्जन, स्टेसन फूड क्लब र ससेज पर्कका संचालक आयुष श्रेष्ठ, महिला कृषि उद्यमी उषा पौडेलले उद्यमी बन्दा आइपर्ने कठिनाइ, सफलता लगायतका विषयमा आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा क्याम्पसका इन्क्युवियसन केन्द्रका स्रोत व्यक्ति बिष्णु तिमिल्सिना सहायक क्याम्पस प्रमुख युवराज गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यपक, विद्यार्थी, कर्मचारी, संचालक समितिका पधाधिकारिहरुको उल्लेख्य सहभागीता थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…