२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

देशमा व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुँदै जान्छ : महामन्त्री थापा

धादिङ । नेपाल वितरक महासंघको ११ औँ साधारणसभा शनिवार धादिङमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा ३७ जिल्लाका वितरकहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुँदै जाने बताउनुभयो । सांसद थापाले व्यवसाय सञ्चालन गर्नका लागि देखा परेका समस्याहरू व्यवसायी स्वयमले लिस्टआउट गरेमा व्यवसायीलाई परेका समस्या समाधानका लागि प्रधानमन्त्री र मन्त्रीसमक्ष पुग्न सांसदहरुलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी व्यवसायीहरुलाई के भन्छौँ भने तपाईहरु आफ्ना समस्याहरु पहिला राम्रोसँग खोजेर लिष्ट बनाउनुहोस र हामीलाई उपलब्ध गराउनुहोस् ।” उहाँले थप्नुभयो, “तपाईहरुले यस्तो गर्नुभयो भने मात्र हामी सम्बन्धित निकायसम्म पुगेर समस्याको समाधान गरिदिनका लागि भन्न सक्छौँ ।”

सभामा महासंघका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्यलाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि सभालाई सम्बोधन गर्दै उहाँले सामानहरु देशका विभिन्न ठाउँमाधुलो हिलो केहि नभनी पुर्याएर सेवा प्रवाह गर्ने गरेपनि देशमा रहेका विभिन्न व्यवस्थाहरुका कारण बारबाम्बारसमस्या भोग्नुपरेको बताउनुभयो । 

महासंघका अध्यक्ष हरिराज पन्तले बढ्दो आर्थिक मन्दि, बैंकहरुले मनोमानीढंगले गरेको व्याजदर वृद्धिको मार सबै क्षेत्रका व्यापारीलाई परेपनि राज्यले केहि ठूला व्यावसायिक संघसंगठनहरुलाई मात्र सम्बोधन गरेको बताउनुभयो । साथै उहाँले देशका विभिन्न ठाउँमा उपभोग्य वस्तु पुर्याउनकालागि नेपाल वितरक महासंघमा आबद्ध सदस्यहरुको ठूलो लगानी रहेपनि राज्यले वास्ता नगरेको गुनासोगर्नुभयो । 

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…