२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

जेठो पत्रिकाले जेठै भूमिका निभाओस् : प्रवक्ता अर्याल

पोखरा, बैशाख २५ । गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारीले गोरखापत्र आफैमा अब्बल जिम्मेवारी बोकेको पत्रिका बनेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रदेशस्तरीय कार्यालय पोखराले आयोजना गरेको ‘नेपाली पत्रकारितामा गोरखापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
उहाँले गणतन्त्र र लोकतन्त्र स्थापना गर्नको लागि पनि पत्रिकाले ठूलो योगदान दिएको बताउनुभयो । ‘‘देशकै जेठो पत्रिका कहिले हारेर हुन्छ कि या जितेर हुन्छ, सधै जेठो भूमिका निभाउनु सकोस,’’ उहाँले भन्नुभयो । लामो इतिहास बोकेको गोरखापत्र पत्रिकाले समय र प्रविधिसँगै फड्को मार्नुपर्ने अवस्था आएको सुझाव उहाँले दिनुभयो । ‘‘अझै व्यवस्थित र परिमार्जित हुन जरुरी छ । अर्को वर्षमा प्रवेशसँगै नयाँपनको पनि प्रारम्भ हुनपर्छ,’’ उहाँले भन्नुभयो । प्रवक्ता अर्यालले गण्डकी प्रदेशमा सञ्चार विधेयक ऐन नबनेको हुँदा त्यसको बारेमा विज्ञहरुसँग बसेर छलफल गर्ने बताउनुभयो । उहाँले छलफलबाट कुन विधा हेरफेर गर्न पर्नि हो त्यसलाई क्याविनेटमा पेश गर्ने बताउनुभयो ।
प्रेस स्वतन्त्र सेनानी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले सरकारले सञ्चारमाध्यम सञ्चालन गर्नुभन्दा पनि पूणर् स्वयत्त दिनुपर्ने सुझाव दिनुभयो । उहाँले पूर्ण स्वयत्तको अभ्यासको सुरुवात गर्न सके व्यवसायिकरण बन्न सक्ने बताउनुभयो । नेपाल पत्रकार महासङघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले भाषाको आधिकारिक सञ्चार माध्यम गोरखापत्र बनेको बताउनुभयो । उहाँले समयको माग र प्रविधको गतिसँगै रुपान्तरण हुन जरुरी रहेको सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले गोरखापत्र आम पाठकले चाहे अनुरुप बन्नुपर्ने बताउनुभयो । भाषाको स्थापना गरेको संस्थानले नयाँ शैलिलाई पनि आत्मसाथ राख्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङघ कास्की अध्यक्ष विमला भण्डारीले गोरखापत्र नागरिकको प्रतिनिधित्व गर्ने युगपत्र बनेको बताउनुभयो । उहाँले अझै पनि केही सूचना र जानकारी लिनको लागि गोरखापत्र नै खोजिमा परेको सुनाउनुभयो । पत्रकार तथा प्रध्यापक केशवशरण लामिछानेले गोरखापत्र सरकारको स्वामित्वबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत ढर्राबाट परिवर्तन हुन जरुरी रहेको सुझाव दिनुभयो । पत्रकार भरत कोइरालाले पत्रकारको प्रश्न हराएको प्रति चिन्ता व्यक्त गर्नुभयो । ‘‘पत्रकारले प्रश्न गर्नी हो तर हराएको छ । कारण, राज्यमुखी र आर्थिक पाटो । मार्केटबाट बढी गाइडेड हुनपर्दा पत्रकारिता धरासायी बनेको छ,’’ उहाँले भन्नुभयो ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाली पत्रकारितामा गोरखापत्रको गरिमा र महिमा माथि रहेको बताउनुभयो । उहाँले गोरखापत्र पत्रकारिताको ज्यूदो इतिहास भएपनि रोलमोडल बन्न नसकेको औल्याउनुभयो । अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले गोरखापत्रले सरकारका राम्रा कुरामात्र होइन कमिकमजोरीलाई पनि औल्याउनुपर्ने सुझाव दिनुभयो । पछिल्लो समय प्रतिस्पर्धाको जमनामा सबल र सक्षम बनि अग्रपङक्तिमा जानको लागि अनुरोध गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले समाचार दलगत र गुटबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममाथि प्रकाश पार्दै गोरखापत्र संस्थान प्रदेश स्तरीय कार्यालयका प्रमुख रमेश पौडेलले गोरखापत्र देशकै पत्रिका भएकोले यसले धेरै पत्रकार पनि जन्माएको बताउनुभयो । हिजो दरबारको बारेमा बोल्ने पत्रिका अहिले आम जनता र आवाज विहीनको आवाज बनेको बताउनुभयो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…