40Shares

पोखरा । संसदीय पत्रकार मन्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन ।

मंगलबार मन्चको चौथो वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी रोहित राज पराजुलीलाई चार मतान्तरले पछाडि पारेका हुन । जम्मा २० मतमा भरत कोइरालाको पक्षमा १२ र रोहित राज पराजुलीको पक्षमा ८ मत खसेको थियो । कोइराला आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक हुन् ।

यस्तै उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा पौडेल, कोषाध्यक्षमा उमा आले र सदस्यहरुमा युवराज श्रेष्ठ, उमेश पुन, युवराज गुरुङ, ऋषिराम बराल निर्विरोध चयन भएका छन् ।

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected