२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

शहीद ईश्वर गुरुङ स्मृतिमा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट मनिषा सम्मानित

पोखरा भ्यूज
घान्द्रकु २८, वैशाख । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फुम्र्रोखुँ मा.वि. का छात्रा मनिषा वि.क. सम्मानित भएकी छन् । साविक घान्द्रुक गाविसमा रहेका माध्यामिक विद्यालयबाट २०७८ सालको एसइई परीक्षामा सर्वोकृष्ट अंक (२.४५ जिपिए) प्राप्त गरेवापत उनलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कारको राशि नगद रु. २५ हजार र प्रशंसापत्र रहेको छ ।

प्रतिष्ठानले विहीबार घान्द्रुकमा आयोजना गरेको शहीद ईश्वरबहादुर गुरुङको १९ औं स्मृति दिवसको सन्दर्भमा आयोजित एक विशेष समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता विनाविभागीइ मन्त्री सरस्वती अर्यालय तिवारीले मेधावी छात्रा विकलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

त्यसक्रममा उनले प्रतिष्ठानद्वारा यसैवर्षदेखि गरिव तथा असाहय विद्यार्थीहरुका लागि प्रदान गर्ने छात्रवृत्ति पनि सम्बन्धित विद्यार्थीले हस्तान्तरण गरिन् । छात्रवृत्ति वापत दिलिप कुलङ राईले रु. ११ हजार चार सय, सलिना परियारले २१ हजार चार सय र कमल क्षेत्रीले १० हजार रुपियाँ पाएका छन् ।

त्यस्तै प्रतिष्ठानले दुवै मृगौला फेल भई हाल उपचाररत उरीकी लिना गुरुङलाई स्थानीय समाजसेवी लक्षिन गुरुङमार्फत् नगद रु. ५ हजार रुपियाँ प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले कठिन परिस्थितिमा शिक्षा आर्जनका लागि सहयोग पाएको व्यक्तिले भविष्यमा अरुलाई पनि सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले घान्द्रुकको पूर्वाधधार विकासका लागि कालोपत्र हुन बाँकी सडकको विकास विस्तार गर्ने आश्वास समेत बाँडेकी छन् । शहीदको रगतले भिजेको माटोमा टेक्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै उनले लोकतन्त्रको लडाईमा दुःख पाएकाहरुको राज्यबाट उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिइन् ।

पूर्वसहायकमन्त्री प्रकाश बहादुर गुरुङले प्रतिष्ठानले शिक्षामा उत्प्रेरणा जगाउन छात्रवृत्ति प्रदान गरेकामा खुशी व्यक्त गरे । उनले घान्द्रुक पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रतिष्ठानका अध्यक्ष कप्तान पदमलाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेस महासमिति सदस्य दिपक गुरुङ, समाजसेवी तिलबहादुर गुरुङ, तमु प्यल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङ, सचिव कृष्ण गुरुङ लगायतका वक्ताले शहीद ईश्वर बहादुर गुरुङको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

वि.स. २०६१ साल वैशाख २८ गते तत्कालीन ने.क.पा. माओवादीद्वारा हत्या गरिएका गुरुङलाई केही समयअघि नेपाल सरकारले शहीद घोषणा गरेको थियो । गुरुङको स्मृतिमा उनको परिवारले १० लाख ५५ हजारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति पुरस्कार सञ्चालन गरिंदै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…