२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

घान्द्रुक पुगेर गण्डकी प्रदेश सरकारका प्रवक्ता तिवारीले भनिन्– ‘मलाई मिनरल वाटर नै चाहिन्छ’

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सरस्वती अर्याल तिवारीलाई घान्द्रुकमा स्वागत गर्दै स्थानीयहरु ।तस्वीरः मन्त्री तिवारीको सचिवालयको फेसबुकबाट साभार ।

हरि भट्टराई/पोखरा भ्यूज
घान्द्रुक । गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारी विहीबार कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पुगिन् । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठानको निमन्त्रणामा प्रवक्ता तिवारी नेपाली काग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेसका महासमिति सदस्य दिपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री समेतका नेताहरुको दलबलसहित घान्द्रुक पुगेकी हुन् ।

प्रवक्ता तिवारी कार्यक्रम हुने स्थान वडा कार्यालय भवनअघि पुग्दा नपुग्दै शहीद ईश्वर गुरुङका दाजु पूर्वसहायकमन्त्री प्रकाश बहादुर गुरुङको अगुवाइमा स्थानीयले उनी समेतको टोलीलाई घान्द्रुकमा स्वागत गर्दै थिए । ‘यस्तो उकालो बाटो तेर्सो तेर्सो छ भनेर ढाँट्ने ?’ आक्रोशित प्रवक्ता तिवारीले हुँदै भनिन् ‘ठीक साढे १ बजे कार्यक्रम सकिएन भने म बीचैमा उठेर हिड्दिन्छु ।’

उनलाई निमन्त्रणा दिंदा विहान ११ बजेको समयमा उपस्थिति भईदिन अनुरोध गरिएको थियो । तर प्रवक्ता तिवारी मध्यान्ह १२ः१५ बजेमात्र कार्यक्रमस्थल पुगेकी थिइन् । त्यसो त विहान ८ बजे मन्त्रिपरिषद्को बैठक सकेर जाँदा उनलाई बिलम्ब भएको हो भन्ने कुरा आयोजकले बुझेका थिए । तर ध्यान भने आयोजकलाई हपार्नतर्फ उद्दत देखियो ।

 

प्रवक्ता तिवारीको विरसिलो र अस्वाभाभिक प्रस्तुतिले उनको स्वागतमा रहेका स्थानीयहरु गलल्ल हाँसे । तर पूर्वमन्त्री गुरुङ शान्त ढंगले प्रवक्ता तिवारी समेतको टोलीका लागि करिब ३० मिटर पर रहेको कुशल होटलमा खानाका लागि जान आग्रह गरे । तर प्रवक्ता तिवारीले केही पनि नखाने जिद्दी गरिन् । तथापि उनलाई खाना खाने होटलसम्म पु¥याउन पूर्वमन्त्री गुरुङ सफल भए । प्रवक्ता तिवारीसँग आएका जिल्ला सभापति बराल समेतका नेताहरु खाना खानतिर लागे ।

कुशल होटलको आँगनमा राखिएका प्लाष्टिकको कुर्चीमा बस्दै प्रवक्ता तिवारीले पानी खाने इच्छा राखिन् । स्थानीयले धाराको पानीले स्वागत गर्ने प्रयास गरे । तर उनले मिनरल वाटर बाहेक अरू पानी नखाने जिकिर गरिन् । ‘मलाई मिनरल वाटर नै चाहिन्छ । जहाँ जाँदा पनि मैले मिनरल वाटर प्रयोग गर्छु , चिसो पानीले मेरो घाँटी समात्छ,’ उनले भनिन् । तर होटलमा मिनरल वाटरको प्रवन्ध थिएन । होटल सञ्चालिका कमला गुरुङ घान्द्रुकमा मिनरल वाटर व्यान्ड एरिया घोषित गर्ने अभियानमा छन् । तिनै अभियन्ताको होटलमा मिनरल वाटर हुने कुरै भएन । त्यसपछि शहीद ईश्वरबहादुर स्मृति प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङले मिनरल वाटरको प्रबन्ध गरी उनको इच्छा पु¥याई दिए । यद्यपि कार्यक्रमस्थलमा भने मिनरल वाटरको प्रवन्ध गरिएको थियो ।

प्रवक्ता तिवारीसँगै पोखराबाट आएका काँग्रेसी नेताहरु खाना खाँदै थिए । पूर्वमन्त्री गुरुङले प्रवक्ता तिवारीलाई पुनः फूलफूलको अफर दिए । तर उनले मेवा बाहेक अन्य कुनै फलफूल नखाने बताइन् । स्थानीयले उनको अर्को इच्छा पनि पु¥याई दिए ।त्यस लगत्तै सबैजना मञ्चमा पुगे । मञ्चमा बसेदेखि नै कार्यक्रम छिटो सक्न प्रवक्ता तिवारीले दबाब दिई रहिन् ।

त्यहीबीचमा प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङले एउटा प्रमाणपत्रमा हस्ताक्षर गर्न आग्रह गर्दछन् । उनले प्रमाणपत्रमा गण्डकी प्रदेश सरकारको प्रवक्ता छुटेको गुनासो गरिन् । तर प्रवक्ता लेखिएको ठाउँमा उनको दृष्टि नपुगेको रहेछ । पूर्वमन्त्री गुरुङले तत्कालै उनको दृष्टि खुलाई दिए । ‘ए ! ठीकै रहेछ । मैले चश्मा नलगाएकाले देखेनछु,’ उनले भनिन् ।

त्यस लगत्तै उनले कार्यक्रम सञ्चालक एवं प्रतिष्ठानका सचिव कृष्ण गुरुङलाई बोलाएर कार्यक्रमको रुपरेखा हेर्दै वक्ताहरु कटौती गर्न दबाव दिइन् । ‘पूर्वमन्त्री प्रकाश दाई र जिल्ला सभापति जी त्यसपछि म बोल्छु । अरू कोही बोल्नु पर्दैन,’ उनले भनिन् । त्यसपछि मञ्चमै रहेका नेपाली काँग्रेसका क्षेत्रीय सभापति मनोज गुरुङले वक्ताको सूचीबाट आफ्नो नाम हटाउन कार्यक्रम सञ्चालकसँग अनुरोध गरे । वक्ताको सूचीबाट उनको नाम हटाइयो । तथापि प्रवक्ताले दिएको दबाबबमोजिम कार्यक्रमले लय लिएन । तर केही हदसम्म भने छोट्टियो ।

‘म घान्द्रुक आएको यो दोस्रो पटक हो । यसभन्दा अघि पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङसँगै कुनै एक कार्यक्रममा भाग लिन आएकी थिएँ,’ प्रवक्ता तिवारीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् । उनले आफू हाल विनाविभागीयमन्त्री भए पनि सरकारको प्रवक्ता भएकाले भोलि जुन जिम्मेवारी पाए पनि घान्द्रुक गाउँसम्म पुग्नका लागि कालोपत्र हुन बाँकी सडक कालोपत्र गरी छाड्ने आश्वासन दिइनन् । ‘घान्द्रुकमा वस्ती विकासको योजना अघि सार्दै बसाइँ सराइँ रोक्न सरकारले विशेष कार्ययोजना ल्याउनुपर्छ,’ उनले भनिन् ।

मन्तव्यका क्रममा उनले घान्द्रुकका आमा दिदीबहिनीहरुलाई सक्रिय राजनीतिमा लागेर आफूजस्तै मन्त्री हुन् आग्रह समेत गरिन् । ‘संविधानले हरेक क्षेत्रमा एकतिहाई महिलाको अनिवार्य व्यवस्था गरेको छ । म व्राम्ह्ण क्षेत्रीको कोटाबाट पनि सासंद भए तपाइँ जनजाति महिलाहरुलाई धेरै अवसर छन् । अब आउनुहोस्, हामी सँगसँगै सक्रिय राजनीति गरी मुलुक परिवर्तन गरौं,’ उनले थपिन् ।

उनको मन्तव्य सकिएपछि आयोजकका तर्फबाट प्रतिष्ठानका अध्यक्ष पदमलाल गुरुङले स्थानीय उत्पादन घान्द्रुक लेखिएको चकटी (भेडाको ऊनबाट बुनिएको) मन्त्री तिवारीलाई मायाको चिनो थमाए । त्यही सन्दर्भमा पूर्वमन्त्री गुरुङले हाल चकटी बुन्ने तान लोप हुँदै गएको र त्यसको संरक्षणका लागि पहल गर्न आग्रह गरे । तर मन्त्री तिवारीको जवाफ भने भिन्न्न आयो –‘यस्तो चकटी मैले पनि बुन्न जानेको छु । पहिलापहिला बुनेर २/४ सय जति त बेचेको पनि छु ।’

विहीबारसम्म विनाविभागीय मन्त्री रहेकी प्रवक्ता तिवारीले शुक्रबार दिउँसो मात्रै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । वर्षेनी लाखौं वाह्य तथा आन्तरिक पर्यटकको स्वागत सत्कारमा तल्लीन हुने घान्द्रुकका स्थानीयहरुले मन्त्री तिवारीको विरसिलो शैली र प्रस्तुतिलाई अस्वाभिक रुपमा लिएका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…