40Shares

पोखरा भ्यूज

पोखरा । बाबा फ़ाउण्डेशन नेपालले विश्व वातावरण दिवस २०२३ को अवसरमा सरसफाईसहित वृक्षारोपण गरेको छ ।
फ़ाउण्डेशनले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफ़ुलका विरुवा रोपिएको सचिव टंकराज अधिकारले बताए । उनका अनुसार सोही परिसरमा गतवर्ष रोपिएका बिरुवाको गोडमेल र सरसफाई समेत गरी विश्व वातावरण दिवस मनाइएको हो ।
फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठ, उपाध्यक्ष रेणु गुरूङ, सचिव टंकराज अधिकारी र सदस्य जेपी प्रधानांगले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दलाई संयुक्त रुपमा आँपको बिरुवा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्म गरिएको थियो । परिसरमा बेलपत्र, कागती, गुलमोहर, रुद्राक्ष, आँप, तेजपत्ता, एबोकाडो लगायत विरुवा रोपिएको छ ।

‘ यस वर्षको वातावरण दिवस मनाउनका लागि प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ अथवा प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने मुख्य नारा तय गरिएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

वृक्षारोपण गर्नुअघि फाउन्डेशनका अध्यक्ष दिलीप श्रेष्ठले वातारण संरक्षणमा मानव जातीको भूमिका महत्वपूर्ण हुने भएकाले वातावरण संरक्षणमा क्रियाशील हुने सबैसँग आग्रह गरेका थिए । उनले फाउण्डेशनले प्रत्येक वर्ष वृक्षारोपण र सरसफ़ाई गरी वातावरण दिवस मनाउदै आएको जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले बिग्रदै गरेको वातावरणीय अवस्था र यसबाट उत्पन्न हुन सक्ने चुनौतीको सामाना गर्न वातावरण संरक्षणमा सबैले ध्यान दिन अत्यावश्यक रहेको बताए।

ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले फ़ाउण्डेशनले वातावरणीय क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै ट्राफिक कार्यालय परिसर बृक्षारोपण गरेकोमा धन्यवाद दिएका थिए ।

प्रत्येक बर्ष जुन महिनाको ५ तारिखमा विश्वव्यापी रूपमा मनाइने गरेको यस दिवसमा यस पटकको नारा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने रहेको छ ।

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected