
पोखरा । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा पोखरामा “नृत्यान्जली” प्रस्तुत गरेका छन् ।
मंगलवार भारतीय पेन्सन बितरण कार्यालय रामबजार पोखराको संयोजनमा सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले नृत्य समर्पण कार्यक्रम “नृत्यान्जली” प्रस्तुत गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, बिशेष अतिथि नेपाली सेना पश्चिम पृतनापति मेजर जनरल दिपककुमार बानियाले उद्घाटन गरेका थिए ।
आजादीको अमृत महोत्सवको अवसर पारेर स्वामी बिबेकानन्द कल्चरल सेन्टर भारतीय दुतावास काठमाण्डौले पेन्सन क्याम्प पोखरामा भरतनाट्यम नृत्य प्रस्तुत गरेको हो । कार्यक्रममा भरतनाट्यम नृत्य सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तुत नृत्यको गुरु विदुषी कन्चन सत्यवन्तले निर्देशन गरेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि खड्का, बिशेष अतिथि बानिया र भारतीय पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बघेलले कलाकारहरुलाई सम्मान गरेका थिए ।कलाकारहरुले भगवान् कृष्ण, राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पोखरा स्थित उच्च सुरक्षा अधिकारी, बिभिन्न संघ, संस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।
दुई देशका समान कला, संस्कृति, चाडपर्व र परम्परालाई झल्काउने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई उजागर गरिएको थियो ।

















