0Shares

पोखरा भ्यूज

पोखरा, १ असार । पोखराको फेवातालमा पहिलोपटक नेपाल चीन फ्रेण्डसीप ड्रागनबोट रेस फेस्टिभल’ हुने भएको छ । यो फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गरी दुई दिनसम्म चल्ने फेस्टिभलमा एक २० जना स्वदेशी र विदेशीहरु सहभागी हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसले
नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने विश्वास गरिएको छ ।
चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले बताए । दौड पाँच सय र एक हजार मिटरको हुनेछ । प्रतियोगितामा विजयी हुनेलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।


नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम दक्षिण एशियाकै पहिलो कार्यक्रम भएको आयोजकको दावी छ ।
संघ संस्थाहरुको सहयोग रहेको छ ।
फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष खालका डुङ्गा पोखरा ल्याएर फेवालतालमा परीक्षण अभ्यास गरिंदै आएको छ ।
कार्यक्रममा चाइना ओभरसीज एशोसिएसन, होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य
। सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ ।
पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रमबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताउदै पोखरा चिनियाँ पाहुनाको रोजाइको गन्तव्य भएको छ फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसले भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने बताए । फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।
कार्यक्रममा सहभागीताको लागि चीनको लिङजी नगरबाट नगर उपप्रमुख सहीत ६० जनाको टोली चार्टर उडानबाट पोखरा आउने तयारी गरेको छ । जुन नगर र पोखरा महानगरपालिकाको भगिनी सम्बनध समेत रहेको छ । चीनले यस प्रकारको बोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आइरहेको छ । प्रतियोगितालाई एशियन गेममा समेत सहभागी गराइने गरिन्छ । यो फेस्टिभलमा नेपालका सातैवटै प्रदेश र चीनका गरी १२० जना प्रतियोगीहरु सहभागी हुनेछन् ।
नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताए । । उनले यस कार्यक्रमलाई यसैवर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्ने जानकारी पनि दिए । यस्तै, कार्यक्रमकै अवसरमा दुबै देशका सांस्कृतिक प्रस्तुति र खाद्यय प्रदर्शनी पनि गरिने छ ।
नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको चिनिया राजदुतावासका डेपुटी चिफ वांङ सिन ले बताए  । उनले पुरातन समयमा चिनियाँ प्रख्यात भिक्षु फक्सियान र सुआन्जाइले बुद्धको पूजा गर्न हजारौं माइलको यात्रा गरी नेपाल आएका थिए र नेपाली प्रसिद्ध शिल्पकार अरनीकोले चीनको प्रसिद्ध सेतो प्यागोडाको डिजाइन र निर्माण गरेको बताए । यी अनन्त कथाहरूले दुई देश र जनस्तरमा लामो समयदेखिको र गहिरो मित्रता थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected