
पोखरा भ्यूज
१ असार, काठमाडौं । अन्ततः सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदिय सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनको नियुक्तिको बाटो खुलेको हो ।
कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । आठ महिनायता कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
सेवा निवृत्त हुनु एकमहिना अघि नै बिदा बस्नु पर्ने कानूनी व्यवस्था बमोजिम कार्कीले प्रधान न्यायाधीशको हैसियतमा २० दिनसम्म मुद्दाको पेशी तोक्ने र हेर्ने छन् भने त्यसपछि बिदामा बस्ने छन् ।











