10Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले बृक्षारोपण सहित सरसफाई कार्यक्रम सम्पन्न गरेको  लायन्स बर्ष सुरूवातको दिन क्लबले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा सरसफाई एवं बृक्षारोपण गरेको हो

क्लबले लायन बर्ष २०१५/१६ मा प्रतिष्ठान परिसरमा रोपिएका बिरुवाको गोडमेल सरसफाइ कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा लायन्स क्लबका सदस्यहरुले फोहरमैला सङ्कलन गरेका थिए
क्लबले प्रत्येक बर्ष वृक्षारोपण सहित वातावरण संरक्षण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको साथैसरसफाइबाट लायन बर्षको सुरुवात गरिएको क्लबका खनालले बताउनुभयो।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected