
774Shares
पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रियका डाईरेक्टर (आईडी इन्ड्रोसी) बालकृष्ण बुर्लाकोटी सम्मानित हुनु भएको छ । बोस्टनमा आयोजित लायन्स अन्तर्राष्ट्रियको १०५औं कन्भेन्सनको अवसरमा कमनवेल्थ अफ म्यासाचुसेट्स राज्यबाट बुर्लाकोटी सम्मानित हुनु भएको हो ।

अमेरिकास्थित कमनवेल्थ अफ म्यासाचुसेट्स राज्यका सभामुख रोनाल्ड मारियानोद्वारा लायनवादको बिस्तारमा पुर्र्याउनु भएको योगदानको कदर गर्दै आउँदा दिनमा सबै प्रयासहरूमा निरन्तर सफलताको कामना गर्दै बुर्लाकोटीलाई सम्मान गरेका हुन् ।
बुर्लाकोटीलाई गरिएको सम्मानप्रति गर्व महशुष गर्दै नेपाली लायन्सहरूले सामाजिक संजाल भरि बधाई दिदै बिदेशी भूमिबाट समेत यस प्रकारको सम्मान गरेको देख्न पाउँदा हामी सबै नेपाली लायन्स गौरवान्वित भएका छौं । आगामी यात्रा अझै अन्तर्राष्ट्रिय अध्यक्षसम्मको तय होस कामना गर्दछौ भनिएको छ ।
774Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर

















