64Shares

पोखरा भ्यूज

पोखरा । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको अमेरिकाको बोस्टनमासम्पन्न १०५औ अन्तर्राष्ट्रिय सम्मेलनबाट बुर्लाकोटी उक्त पदमा निर्वाचित हुनुभएको हो  जुलाई देखि ११ तारिखसम्म दिनसम्म संचालित अन्तर्राष्ट्रिय सम्मेलन आज (मंगलवार) सम्पन्न भएको हो

करिव १४ लाख सदस्य रहेको विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लब दुई सय १० राष्ट्रमा सक्रिय रहेको  बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना अन्तर्राष्ट्रिय डाइरेक्टर मध्येको एक हुनुहुन्छ इन्टरननेशनल डाइरेक्टरको रूपमा उहाँले २०२५ सम्म कार्य गर्नुहुनेछ  अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित बुर्लाकोटीले दक्षिण एशिया, मध्यपूर्व अफ्रिका लगाएत ६४ राष्ट्रको प्रतिनिधि गर्नुहुन्छ

यस अघि लायन्सको १०५औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जादाँ बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाई एवं सम्मान गर्नु भएको थियो बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टरको सपथ लिन अमेरिका प्रस्थान गर्नुपूर्व बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री दाहालले सम्मानका साथ बिदाई गर्नु भएको हो 
लायन्सको अर्न्तराष्ट्रिय नेतृत्वमा पुग्ने उहाँ दोस्रो नेपाली हुनुहुन्छ यस अधि सन् २०१५/१६ मा नेपालबाट अन्तराष्ट्रिय नेतृत्वमा संजय खेतानले नेतृत्व गर्नु भएको थियो

नेपालमा लायनबाद प्रवेशको ५२ वर्षपछि अन्तराष्ट्रिय नेतृत्वमा पुग्ने बुर्लाकोटी दोस्रो व्यक्ति हुनु भएको लायन्स मल्टीपल डिष्ट्रिक ३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन  मन बहादुर रोकाले जानकारी दिनुभयो

अन्तर्राष्ट्रिय डाईरेक्टर बुर्लाकोटीले दक्षिण एशिया, मध्यपूर्व अफ्रिका लगाएत ६४ राष्ट्रको प्रतिनिधि गर्नुहुनेछ । उहाँ आउँदो साउन १ गते सोमवार नेपाल फर्कदै हुनुहुन्छ

संसारकै सबभन्दा ठूलो सामाजिक संस्था एवं सदस्य संख्या रहेको लायन्स अन्तर्राष्ट्रियको २०२३-०२५ कालागि अन्तर्राष्ट्रिय डाइरेक्टरको पदमा निर्वाचित हुनु भएका बुर्लाकोटी लायन्स क्लब अफ काठमांडौं गंगवुका संस्थापक अध्यक्ष हुनुहुन्छ

अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएपछि पोखरा भ्यूजलाई प्रतिक्रिया दिदै बुर्लाकोटीले भन्नुभयो, ‘आफु अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएकोमा गौरवान्वित बनाएको सामाजिक कार्यमा अझै क्रियाशिल बन्न हौसला मिलेको बताउनु भयो नेपालको लायनिजमको बिकाश बिस्तारसँगै नेपालमा शिक्षास्वास्थ्य र बातावरणको क्षेत्रमा काम गर्न लायन्स अन्तराष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने बुर्लाकोटीले प्रतिबद्दता जनाउनुभयो लायन्स अन्तर्राष्ट्रियबाट नेपालको पर्यटन क्षेत्रको विकासका लागि समेत छुट्टै कार्यक्रम ल्याउन पहल गर्ने समेत उहाँले दावी गर्नु भयो

नेपालमा लायन्स क्लव स्थापना भएको ५२ बर्षको इतिहासमा नेपालललाई विश्व समक्ष पहिचान गराउँदै अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित हुनु भएको नेपालको नाम समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनु भएकोले सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको लायन्स क्लब अफ काठमांडौ गंगवुका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो 

दिनसम्म चलेको सम्मेलनमा नेपालका डिष्ट्रिक्ट गभर्नरहरू सहित ठूलो संख्यामा नेपाली लायन्सहरूको उल्लेख्य सहभागी रहेको थियो सम्मेलन शुरु हुनु अगाडी आयोजित र्रयालीमा नेपालीहरू पुरुषले राष्ट्रिय पोशाक दौरा सुरुवाल कोट, टोपी महिलाहरूले साडी ब्लाउजमा सजिएर नेपालको राष्ट्रिय झण्डा फहराउदै सहभागिता जनाएका थिए।

64Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected