3Shares

पोखरा भ्यूज
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुनको वास्तविक परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंक पठाइएको छ ।
राजश्व अनुसन्धान विभागका अनुसार बरामद भएको सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । बरामद सुनको परिमाण १०० क्वीन्टर भएको अनुमान गरिए पनि हालसम्म सोबारे एकीन नभएको अधिकारीहरुले बताएका छन् ।

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected