2Shares

पोखरा भ्यूज
४ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन प्रकरणबारे अनुसन्धान गर्न भन्सार विभागले छानविन समिति गठन भएको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल संयोजकत्व ६ सदस्यीय छानबिन समिति गठन भएको गरिएको हो । समितिले भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने छ । समितिलाई पाँच दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने गरी अख्तियारी दिइएको स्रोतले बतायो ।

राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा विमानस्थलबाट बाहिरिएको सुन सिनामङ्गलबाट बरामद गरेको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected