२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

व्यास नगर साइनिङ स्टारको अडिसन साउन हुने

पोखरा भ्यूज

तनहुँ, दमौली । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको अडिसन व्यास-४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ ।
दमौलीमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले व्यास नगर साइनिङ स्टारको नवौं संस्करणका बारेमा जानकारी गराएको हो । यस कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । यसअघि नगर क्षेत्रका ९-१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखि १०-१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।
अडिसनबाट छनोट हुने २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निणर्ायकहरुको निणर्यबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा उनले बताए ।
व्यास नगर साइनिङ स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार, २३ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे्रस, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ । १० विधामा उत्कृष्ट हुनेलाई जनही रु २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मूल संयोजक नागिलाले बताए ।
व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकाले यसले समाजलाई महत्वपूणर् योगदान पुगेको पूर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट बिक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौं ।’
बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…